आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

‘महामारी पीडित भन्दा पनि कार्यकर्तातिर सरकारको ध्यान’

‘महामारी पीडित भन्दा पनि कार्यकर्तातिर सरकारको ध्यान’


  • ढोरपाटन सम्वाददाता
  • असार २१ २०७८, सोमबार

पोखरा, २१ असार– गण्डकी प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सचेतक मायानाथ अधिकारीले कोरोना, बाढी पहिरो पीडितलाई राहत व्यवस्थापनभन्दा पनि कार्यकर्ता र आफ्ना मान्छे मिलाउन सरकार लागेको आरोप लगाएका छन् ।
‘असार भनेको भुक्तानी गर्नेबेला हो । हिसाब मिलाउनेबेला हो । महामारी अझै सकिएको छैन । बर्खा लागेर ठूलो जनधनको क्षति गर्न सुरु भइसक्यो,’ अधिकारीले भने, ‘तर, सरकारको ध्यान त्यतातिर छैन । खाली आफ्नो मान्छे भेट्ने र कार्यकर्ता मिलाउनेमात्रै ध्यान केन्द्रित भएको छ ।’
सचेतक अधिकारीले बजेट पेश भएको २० दिनसम्म पनि त्यसउपर छलफल गर्न नसकेको बताए । ‘अहिलेसम्म कार्य विभाजन भएको छन । बजेटमाथि छलफल गर्न सकेको छैन । उहाँहरुलाई हतार हुनपर्ने होइन ?’ उनले भने, ‘बरु कताकताबाट मिलाएर रकम कार्यकर्तालाई बाँडेको देखियो । यो गलत भइराखेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->