शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीका प्रजिअले गरे पत्रकारमाथि दुव्र्यवहार

म्याग्दीका प्रजिअले गरे पत्रकारमाथि दुव्र्यवहार


  • ढोरपाटन सम्वाददाता
  • असार २७ २०७८, आइतबार

म्याग्दी, २७ असार– म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारहरुमाथि आइतबार दुव्र्यवहार गरेका छन् । द्धन्द्ध पिडित अधिकार समाज म्याग्दीले ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रकार साधन राम्जाली र धिरनबहादुर खत्रीलाई समाचार, तस्बिर र दृष्य संकलन गर्न रोक लगाएर प्रजिअले कार्यकक्षबाट निकालेका हुन् ।
दृष्य र तस्बिर खिच्न रोक लगाई, धम्कीपूर्ण भाषा प्रयोग र दुब्र्यवहार गर्दै कार्यकक्षबाट निकालिएको पत्रकार राम्जालीले बताए । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव राम्जाली म्याग्दी न्युज डटकम, आदर्शसमाज दैनिक, साधारण सदस्य खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, सम्बृद्ध साप्ताहिक, कोरला पोष्ट लगायत सञ्चार माध्यममा आवद्ध छन् ।
‘आयोजकले ज्ञापनपत्र पढ्न थालेपछि तस्बिर र दृष्य खिच्न क्यामेरा निकाल्दा प्रजिअले कसको अनुमतिमा खिच्नुभयो ? अनुमति बिना मेरो कार्यकक्षमा खिच्न मिल्दैन । बाहिर जानुहोस भन्दै धम्काउनुभयो,’ राम्जालीले भने ‘हामीले परिचय दिँदा पनि अपमानजनक ब्यवहार गरेर धम्काउदै कार्यकक्षबाट निकाल्नुभयो ।’
प्रजिअले समाचार संकलनका लागि गरेको अवरोध र पत्रकारहरुलाई गरेको दुब्र्यवहारको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले भत्र्सना गरेको छ । शाखा सचिब सन्तोष गौतमको हस्ताक्षरमा जारी विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीबाट भएको गैरजिम्मेवारपूर्ण ब्यवहार तथा कार्यशैली सच्चाउन माग गरिएको छ । पत्रकारलाई भएको दुब्र्यवहारप्रति म्याग्दी मिडिया सोसाइटी, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले पनि बिरोध र आपत्ती जनाएका छन् ।
प्रजिअ अधिकारीले भने पत्रकारलाई नचिनेर युट्युवर ठानेर अनुमति मानेर तस्बिर खिच्न अनुरोध गरेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->