बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँको अकला मन्दिरमा चोरी

तनहुँको अकला मन्दिरमा चोरी


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०७८, मंगलबार

तनहुँ, ५ साउन– तनहुँको म्याग्दे गाउँपालिका–६ अकलामा रहेको अकला मन्दिरमा चोरी भएको छ । पृथ्विराजमार्गमा रहेको मन्दिरमा गएराती चोरी भएको हो ।
मन्दिरको तोडफोड गरी मन्दिरभित्र रहेको २० बर्षे पुरानो ५ किलोको कालिकाको मुर्ती सहित गणेशको मुर्ती, शंख र तरबार चोरी भएको तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिनाले जानकारी दिए । मन्दिर बाहिर रहेको कालीका र दुर्गाको मुर्ति पनि चोरी भएको छ ।
मन्दिरका पुजारी ऋषिराम वाग्ले सोमबार साँझ ७ बजे मन्दिर बन्द गरि घर गएका थिए । विहान साढे ४ बजे नित्य पुजा गर्न मन्दिर आउँदा उनले प्रवेशद्धार र मन्दिरको ढोका फोडेको देखेपछि अध्यक्ष राजेन्द्र भण्डारीलाई खबर गरेका थिए । उनी आएपछि थर्पु प्रहरी चौकीमा खबर गरिएको थियो । २ बर्ष अगाडी पनि मन्दिरमा तोफोड भएको अध्यक्ष भण्डारीले बताए । त्यतिबेला चोरी भने नभएको उनको भनाई छ ।
घटनाको बारेमा अनुसन्धान भईरहेको तिम्लिसिनाले बताए । प्रदेश प्रहरी कार्यालय पोखराबाट आएको टोली र तालिम प्राप्त कुुकुरबाट अनुसन्धान भईरहेको उनको भनाई छ । मन्दिर भित्रको मुल मुर्ती भने सुरक्षित रहेको उनले जानकारी दिए । २०३४ सालमा बनेको पुरानो मन्दिरलाई २०७२ सालको भुकम्पले क्षति पु¥याएपछि नयाँ संरचनामा पुनःनिर्माण गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->