बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोना पीडितलाई वडाको २० हजार

कोरोना पीडितलाई वडाको २० हजार

दोस्रो लहरले आक्रान्त बनाएकोबेला यहाँका जनप्रतिनिधि कोरोना संक्रमितको आत्मबल बढाउन घर–घरै पुग्ने गरेका थिए ।


  • ढोरपाटन सम्वाददाता
  • साउन ८ २०७८, शुक्रबार

तनहुँ, ८ साउन– तनहुँ शुक्लागण्डकी गाउँपालिकाको एक वडाले कोरोना भाइरसको दोस्रो लहरले ज्यान गुमाएका परिवारलाई २० हजार रुपैयाँका दरले राहत वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका ८ मा वडाका जनप्रतिनिधिको अध्ययन अवलोकन भ्रमण शीर्षकमा छुट्याइएको रकमबाट कोरोनाले मृत्यु भएका परिवारका सदस्यलाई वितरण गरेको हो ।
यो वडामा १० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका थिए । मृतक परिवारको सदस्यको शिक्षा दिक्षामा खर्चिने गरी उक्त रकम दिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । सबैलाई बैंक खातामार्फत रकम पठाएको उनले जानकारी दिए ।
‘कोरोना कहरले जनतालाई आक्रन्त बनाईरहेको बेला अध्ययन भ्रमणमा जानु उचित ठानेनौं । थोरै भएपनि राहत हुने भएकाले कोरोनाले सदस्य गुमाएका परिवारको राहतमा खर्चियौं,’ उनले भने । अनुगमन अध्ययन भ्रमण शीर्षकमा वडाले १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । पशुधन सुरक्षणमा शीर्षकबाट बचत भएको ५० हजार रुपैयाँ गरी २ लाख रुपैयाँ वितरण गरिएको हो ।
कोरोना नियन्त्रणमा यहाँका जनप्रतिनिधिले जनताको मन जित्न सफल भएका छन् । दोस्रो लहरले आक्रन्त बनाएको बेला यहाँका जनप्रतिनिधि कोरोना संक्रमितको आत्मबल बढाउन घर–घरै पुग्ने गरेका थिए । जनप्रतिनिधी र स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य सामाग्री र पौष्टिक आहार बाँड्ने गरिएको थियो । स्वास्थ्यकर्मीको स्वयंसेवी समूह गठन गरेर संक्रमितको हेरचाहमा खटाइएको थियोे ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->