बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एउटै गाउँमा प्रदेशको १५ करोड

एउटै गाउँमा प्रदेशको १५ करोड


  • ढोरपाटन सम्वाददाता
  • साउन ९ २०७८, शनिबार

बागलुङ, ९ साउन– भौगोलिक हिसाबले दुर्गम मानिएको जिल्लाको ताराखोला गाउँपालिकामा विभिन्न विकासे योजना सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले १५ करोड रुपैयाँ विनियोजन गरेको छ । ताराखोला गाउँपालिकाको सडक, खानेपानी र सिँचाइ लगायतका योजनाका लागि बजेट विनियोजन भएको हो ।
गतवर्षदेखि सञ्चालनमा रहेका क्रमागत योजना, समपुरकका साझेदारी योजना र बहुवर्षीय योजनाका लागि बजेट विनियोजन भएको गण्डकी प्रदेशसभा सदस्य दीपा रोकाले बताइन् ।
सडकतर्फ खोलाखर्क तिनचुले सडक ४० लाख, करिमेला मपेश नांगी सडकका लागि २० लाख, करिमेला अर्गातुम सडकका लागि ८ लाख, दलामचौर सागुबोट भात खानेडाँडा सडकलाई २० लाख , डोप्टा घुम्टे सडकका लागि २५ लाख, घुस्मेली अर्गल सडकको लागि (समपुरक) ७० लाख विनियोजन भएको छ ।
यस्तै, बहुवर्षीय योजनातर्फ पालिका जोड्ने सडकलाई ४ करोड ५० लाख, मुख्य सडक गल्कोट–ताराखोला ५ करोड १० लाख विनियोजन भएको रोकाले बताईन् ।
संघ तथा प्रदेशको क्रमागत योजनामा रहेको डोल्डी आँगाखेत सिँचाई योजनाको लागि ९० लाख विनियोजन भएको छ । खानेपानीका क्रमागत योजनाहरुका लागि पनि बजेट विनियोजन भएको छ ।
त्यस्तै, पर्यटकीय पूर्वाधारको लागि समेत प्रदेशको बजेट विनियोजन भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । मोटरेबल पुलतर्फ घुस्मेली–पुवाधुने खोला, दलामचौर, दोगाडी, रानीबास–धप्लेङका लागि यसै आर्थिक वर्षमा डिपिआर हुने कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री तथा प्रदेश सभासदस्य सांसद चन्द्र बहादुर बुढाले बताए । स्थानीय तहसँगको समन्वयमा बजेट विनियोजन भएको सांसद रोकाले बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->