तनहुँ, १० साउन– तनहुँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्ष ०७८÷७९ का लागल्याएको बजेट पारित भएको छ । गाउँपालिकाले नयाँआर्थिक वर्षका लागी ६६ करोड ९२ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
गाउँपालिकाले सबैभन्दाबढी सामाजिकविकास शीर्षकमा ४४.५२ प्रतिशत बजेट छुट्ट्याएको छ । यो शीर्षकमा २७ करोड ७८ लाख ६६ हजार रुपैयाँविनियोजन गरिएको प्रमुखप्रशासकीयअधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
उनकाअनुसार ३६.४२ प्रतिशत बजेटपूर्वाधार विकासलाई विनियोजन भएको छ । २२ करोड ७३ लाख ५४ हजार रुपैयाँपूर्वाधार विकासमाविनियोजन भएको गाउँपालिकाले जनाएको छ । आर्थिक विकासमा ३ करोड १६ लाख, वातावरण र विपद् व्यवस्थापनमा ५० लाख रुपैयाँ र सुशासनतथा संस्थागतविकासमा ८ करोड २४ लाख ४१ हजार रुपैयाँविनियोजन भएको छ ।
गाउँपालिकाले ७वटै वडाकार्यालयलाइपुँजीगततर्फ ७५ र चालुतर्फ २५ प्रतिशत गरी ४ करोड ५० लाख रुपैयाँका दरले विनियोजन गरेको अधिकारीले बताए । आम्दानीतर्फ संघीय सरकारको समानीकरणअनुदान १० करोड १६ लाख रुपैयाँ, शशर्त अनुदान १४ करोड ९० लाख रुपैयाँ, शशर्त अनुदानपुँजीगत ८६ लाख रुपैयाँ, राजस्वबाँडफाँडमा७ करोड १ लाख४१ हजार रुपैयाँ, विशेष अनुदान २ करोड २४ लाख रुपैयाँ र समपुरक अनुदानमा ४ करोड १४ लाख रुपैयाँप्राप्तभएको छ ।
प्रदेशबाटवित्तिय समानीकरणअनुदान १ करोड १४ लाख ५४ हजार रुपैयाँ, शशर्त र समपुरक अनुदान ५०÷५० लाख रुपैयाँ, राजस्वबाँडफाडमा ४५ लाख७हजार रुपैयाँप्राप्तहुने गाउँपालिकाले जनाएको छ ।
आन्तरिक स्रोतबाट ६ करोड ५ लाख ४३ हजार रुपैयाँआम्दानीहुने गाउँपालिको अनुमान छ । सामाजिक सुरक्षाभत्ता७ करोड ४१ लाख २९ हजार रुपैयाँप्राप्तहुने अनुमान छ ।
यस्तै, गाउँपालिकाले ६४ जनालाई सम्मान समेत गरेको छ । कोरोना नियन्त्रणमाखटिएका ११जना स्वास्थ्यकर्मी सहितउत्कृष्टकार्य सम्पादनगर्ने कर्मचारी, वडा सचिव, प्राविधिक, उपभोक्ता समिति, उत्कृष्ट खेलाडी, शिक्षक, टोल सुधार समिति, प्रहरी, विद्यालय, प्रधानाध्यापक, कलाकार लगायतलाई पनि सम्मानगरिएको छ ।





