बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ओएनएम सर्भे नहुँदा गलकोटमा अस्पताल बनेन्

ओएनएम सर्भे नहुँदा गलकोटमा अस्पताल बनेन्


  • ढोरपाटन संवाददाता
  • साउन २० २०७८, बुधबार

बागलुङ/ स्वास्थ्य मन्त्रालयले फिल्डमा पुगेर वास्तविकता अनुगमन र मूल्यांकन नगरिदिंदा बागलुङको गलकोट प्राथमिक स्वास्थ्य केन्द्र अस्पताल बन्न पाएको छैन । नगरपालिकाले भने यो केन्द्रलाई नगर अस्पताल बनाउने निर्णय गरेको छ । निर्णय भएपनि यसको स्विकृति दिने काम स्वास्थ्य मन्त्रालयको हो । मन्त्रालयले स्विकृति दिएपनि अनुगमन मूल्यांकन प्रतिवेदन बनाउने र सामान पठाउने काम भने नगरेको हो ।
मन्त्रालयको ढिलाइकै कारण बोर्ड झुण्डाएको धेरै समय बितिसक्दा पनि अस्पतालको रुपमा सेवा प्रवाह भने हुन नसकेको गलकोट नगरपालिका वडा नं. ५ का अध्यक्ष नारायणध्वज मल्लले बताए । अस्पताल नबनेकै कारण यहाँ चाहिने उपकरण, सामाग्री र जेनेरेटर समेत अभाव छ । विद्युत आपूर्ति बन्द भयोभने अस्थायी रुपमा चलेका सेवा पनि बन्द हुन्छन् ।
बोर्ड फेरिएको ६ महिनासम्म यहाँ चाहिने दरबन्दीका स्वास्थ्यकर्मी आएका छैनन् । दरबन्दी अनुसार कम्तिमा एक जना बिशेषज्ञ डाक्टर, २ मेडिकल अधिकृत, नर्स र अन्य स्वास्थ्यकर्मी हुनैपर्ने प्रावधान पुरा हुन नसकेको हो । स्वास्थ्य मन्त्रालयले गर्ने अनुगमन प्रतिवेदन (ओएनएम) सर्भे नभएको डाक्टर सन्देश पौडेलले बताए । ‘हामी त करारका कर्मचारी हौं, ओएनएम सर्भेपछि दरबन्दी अनुसारका डाक्टर र अन्य स्वास्थ्यकर्मी आउँछन्’ उनले भने, ‘सेवा पनि प्रभावकारी हुने गरी औजार र उपकरण पनि पठाउनु पर्छ ।’ उपकरण बिना बोर्ड फेरेर सेवा दिन नसकिने उनले बताए ।
यहाँको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेड अस्पताल बनाउने लक्षले भवन भने चार वर्षअघिनै निर्माण थालिएको थिाये । अमित बिल्डर्सले बनाएको केन्द्रको भवन समेत अझै हस्तान्तरण नभएको मल्लले जानकारी दिए । ‘भवन हस्तान्तणका लागि पनि ताकेता भैरहेको छ, ठेकेदार पनि आएका छैनन्’ मल्लले भने, ‘मन्त्रालयको कुरा मिल्यो भने भवन प्रयोग गर्न भने सकिन्थ्यो ।’ उपकरणविहिन भएको भवनमा सरेर सेवा दिन नसके झन समस्या हुने उनले बताए ।
मल्लका अनुसार भवन बनाउने म्याद सकिएको पनि २ बर्ष काटिसकेको हो । पुरानो भवनमा उपचार सेवा दिंदा जेनेरेटर पनि थिएन । मन्त्रालयका प्राविधिक आएर संभाव्यता अध्ययन प्रतिवेदन तयार पारेपछि मात्रै सरकारले दरबन्दी र उपकरण दिने प्रक्रिया ‘ओएनएम’ नभएको हो । ‘ओएनएम सर्भे बिना मन्त्रालयले अस्पतालको रुपमा स्विकार गर्दैन’ स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले भने, ‘घोषणा भएका सबै नगर अस्पताल कागजमै सिमित छन् ।’
ओएनएम सर्भेको प्रतिवेदन स्विकृत नभएसम्म दरबन्दी समेत नपाइने गुरौले बताए । बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि ओएनएम नगरेकै कारण अस्पतालको स्वरुपमा नगएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->