बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई मुख्यमन्त्रीले बाँढे राहत

पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई मुख्यमन्त्रीले बाँढे राहत


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०७८, शुक्रबार

तनहुँ/ ऋषिङ गाउँपालिकामा पहिरोमा परी सदस्य गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । ऋषिङ गाउँपालिका–७ की ५० वर्षीया देवीसरा थापा र ऋषिङ गाउँपालिका–८ का ४२ वर्षीय खुमबहादुर थापाको असार २४ मा आएको पहिरोमा परेर मृत्यु भएको थियो । दुवैको परिवारलाई संघ र प्रदेश सरकारको तर्फबाट शुक्रबार राहत वितरण गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकारको तर्फबाट २ लाख रुपैयाँ र प्रदेश सरकारको तर्फबाट ५० हजार रुपैयाँका दरले राहत वितरण गरे । उनले परिवारको सदस्य गुमाएको पिडा भुलाउन नसकेपनि जनताको साथमा सदैव रहने बताए । उनले बाढी पहिरोमा घर क्षति भएकालाई पुनस्र्थापनामा सघाउन ४ लाख रुपैयाँ उपलब्ध गराउने जनाए ।
मुख्यमन्त्री पोखरेलले ऋषिङ गाउँपालिकामा बाढीपहिरोले पु¥याएको क्षतिको समेत निरिक्षण गरेका छन् । प्रदेश सरकारले ऋषिङमा अबरुद्ध सडक खुलाउन समेत २५ लाख रुपैयाँ दिएको थियो । मृतकका परिवारलाई गाउँपालिकाले पनि ५० हजार रुपैयाँ दिएको थियो ।
शुक्रबार मुख्यमन्त्री पोखरेलले जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको समेत निरिक्षण गरेका थिए । कोरोनाको जोखिम बढेको बेला भिडभाड गर्दै कार्यक्रममा सारिक उनले भिमादस्थित जनज्योति क्याम्पसमा वृक्षारोपण गरे । ऋषिङ जादै गर्दा पुराना नेता कार्यकर्ताको घरदैलोमा पनि पस्न भ्याएको उनका समर्थकले पोस्टाएको तस्बिरले पुष्टी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->