बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फरार भएको १८ बर्षपछि पक्राउ

फरार भएको १८ बर्षपछि पक्राउ


  • ढोरपाटन सम्वाददाता
  • साउन २८ २०७८, बिहिबार

तनहुँ/ तनहुँ प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादीलाई १८ बर्षपछि पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडाका ५१ बर्षीय प्रेमबहादुर सार्कीलाई बुधबार पक्राउ गरेको हो । जिल्ला अदालत तनहुँले उनलाई २०६० बैशाख १ गते कर्तव्य ज्यान मुद्धामा दोषी ठहर गर्दै २१ बर्ष ६ महिना कैद तोकेको थियो ।

उनले एक महिलालाई जर्वजस्ती करणी गरी गर्भ बसेपछि औषधी खुवाएर गर्भपतन गराउदा छोरी जन्मिएको र उक्त शिशुलाई खरबारीमा लगेर मारेको अभियोगमा अदालतले दोषी ठहर गरेको प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी गराए । नवजात शिशुलाई सार्कीले मारेको बलात्कृत महिलाको वयानबाट खुलेको थियो । ‘तनहुँ जिल्ला अदालतले गरेको फैसलालाई पुनरावेदन अदालत पोखराले पनि सदर गरेको रहेछ’, उनले भने । २०६० साल कात्तिक १८ गते पुनरावेदनले जिल्लाको फैसलालाई सदर गरेको तिमिल्सिनाले जानकारी दिए ।

बुधबार घरबाटै पक्राउ परेका उनलाई जिल्ला अदालतमा पेश गरीएको थियो । अदालतको आदेश अनुसार कैद भुक्तानका लागी कारागार चलान गरिएको प्रहरी नायव उपरिक्षक तिमिल्सिनाले बताए ।

यस्तै, चेक अनादर मुद्दाका फरार प्रतिवादी पनि पक्राउ परेका छन् । व्यास नगरपालिका–२ बस्ने ४९ वर्षीय रामचन्द्र पौडेललाई बुधबार पक्राउ गरिएको हो । उनी ४ बर्षदेखी फरार थिए ।
जिल्ला अदालत तनहुँले २०७४ असार ८ गते र फेरी २०७७ असोज १५ गते गरी दुई मुद्दामा एक महिना कैद र ११ लाख २३ हजार रुपैयाँ जरीवानाको फैसला सुनाएको थियो । आवश्यक कारवाहीका लागि अदालत पेश गरीएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->