तनहुँ/करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । बन्दिपुर गाउँपालिका–१ बेलभञ्ज्याङकाका २४ बर्षीय सन्तोष थापाको मंगलबार विहान करेन्ट लागेर मृत्यु भएको हो ।
निर्माणधिन आफ्नै घरमा मोटरबाट पानी तानेर हाल्दै गर्दा करेन्ट लागेर मृत्यु भएको तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताए । उनको घटनास्थलमै मृत्यु भएको थियो । ‘करेन्ट लागेर हात डढेको देखिन्छ’, तिमिल्सिनाले भने । दमौली अस्पतालमा पोष्टमार्टम गरेपछि दाहसंस्कारका लागी परिवारले शव लगेको उनले जनाए ।





