
तनहुँ/मस्र्याङ्दी नदीले निकाल्दै गरेको बेलिब्रिज बगाएको छ । तनहुँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार नगरपालिका–५ नयाँबजार जोड्ने बेलिब्रिज गएराति नदीले बगाएको हो ।
तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा गत असार १७ मा बाढीले बगाएको पक्कीको पुलको सट्टामा जडानका लागि यहाँको बेलिब्रिज पुल योजना पश्चिम क्षेत्र सेक्टर नम्बर ४ पाल्पाले निकाल्दै थियो । इञ्जिनियर आशिक रिजालका अनुसार साउन २६ गते क्रेन लगाएर बेलिब्रिज निकाल्दै गर्दा नदीमा डुबेको थियो ।
‘अहिले मस्र्याङदी नदीको सतह बढेको छ । बेलिब्रिज वरपर कतै देखिदैन् । नदीमा पानीको सतह घटेपछि बल्ल बगायो कि त्यहीं डुब्यो भन्ने थाहा हुन्छ’, उनले भने । उनका अनुसार ८० प्रतिशत बेलिब्रिजको पार्ट निकालेर सकिएको थियो ।





