बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा आठ जना फरार प्रतिवादी पक्राउ

तनहुँमा आठ जना फरार प्रतिवादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७८, बिहिबार

तनहुँ/ तनहुँ प्रहरीले धमाधम फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भदौ सुरु भएपछि मात्रै ८ जनालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
वुधबार लागु औषध चरेश मुद्धामा १ बर्षदेखी फरार रहेका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भई तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरा बस्ने १३ बर्षीय दिपक राईलाई पक्राउ गरेको डिएसपी युवराज तिमिल्सिनाले बताए । राई २०७६ कात्तिक २५ गतेदेखी फरार थिए ।

मंगलबार लागुऔषध चरेश मुद्धामै फरार गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङ घर भई तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटार बस्ने ३० बषीैय सुरेश तामाङ प्रकाउ परेका थिए । पक्राउ परेका दुवैलाई बुधबार अदालतको आदेश अनुसार कैद भुक्तानका लागी कारागार चलान गरिएको छ । तामाङले २ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी छ । दिपकले १ महिना कैद भुक्तान गर्न बाँकी रहेको तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार भदौ लाएपछि जारी मुद्धामा १३ बर्षदेखी फरार सहित जुवा मुद्धा, लेनदेन मुद्धा र सवारी ज्यान मुद्धाका फरार १/१ जनालाई पक्राउ गरिएको छ । सार्वजनिक अपराध मुद्धामा फरार रहेका २ जना समेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->