शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

रायखोरको पहिरोले राहुघाट नदी थुनियो

रायखोरको पहिरोले राहुघाट नदी थुनियो


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७८, बिहिबार

म्याग्दी/ म्याग्दीको रघुगंगा गाउँपालिकाको रायखोरमा बिहिबार बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ । रघुगंगा गाउँपालिकाको ६ र ७ नम्बर वडाको गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीय प्रदिप मगरले जानकारी दिए ।

“करिब ५०० मिटर लामो र ५० फिट भन्दा बढी गहिरो तलाउ बनेको छ,” उनले भने“निरन्तर पहिरो खसिरहेको छ ।” राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको ठाउँमा वरपरको जमिन जलमग्न भएको छ । तलाउ भरिएर ओभरफलो हुन थालेपनि जोखिम कायमै रहेको मगरले बताए ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने बित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको बताए । राहुघाटको तटीय क्षेत्रमा ४८।५ मेगावाट क्षमताको अपर राहुघाट जलबिद्युत आयोजनाको बिद्युतगृह, ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको बाँध निर्माणाधिन छन् ।

बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिकाको राहुघाटमा आएर राहुघाट नदी कालीगण्डकीमा मिसिन्छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले चिमखोलामा रहेको सेनाको क्याम्पबाट सुरक्षाकर्मीलाई तलाउ निरिक्षणका लागि पठाएको र तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->