बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक

लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७८, शुक्रबार
लघुकथा संग्रह बार्दलीको विमचोन गर्दैै शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ लगायत ।

तनहुँ/ टुकादेवी पौडेल आचार्यको लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक भएको छ । आचार्यको प्रकाशित पहिलो कृति ‘बार्दली’ बिहीबार सार्वजनिक गरिएको हो ।

शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, गोरखापत्र दैनिकका पुर्व प्रधान सम्पादक तथा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले संयुक्त लघुकथा सार्वजनिक गरेका हुन् ।
मेयर गुरुङले बार्दली लघुकथा विधामा एक महत्वपूर्ण दस्तावेज बन्ने विश्वास व्यक्त गरे ।

रोदनले लघुकथा लेखनमा महिला सहभागिता बढ्नुलाई सकरात्मक पक्ष मानेको बताए ।
‘बार्दली’ मा ५७ लघुकथालाई समावेश गरिएको छ ।पञ्चमुनीदेव माध्यमिक विद्यालयमा नेपाली बिषयकी शिक्षक आचार्यको यसअगाडी विभिन्न सञ्चार माध्यममा फुटकर कविता, गजल, मुक्तक र लघुकथा प्रकाशित हुदै आएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->