बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पाँच जना विरुद्ध अख्तियारको आरोपपत्र दायर

पाँच जना विरुद्ध अख्तियारको आरोपपत्र दायर


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७८, शुक्रबार

तनहुँ/ लालध्वज मोटर मार्ग निर्माणको क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना विरुद्ध आरोपपत्र दायर गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा नगरस्तरीय आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका१ थप्रेक जोड्ने लालध्वज मार्ग स्तरोन्नतिमा सरकारी रकम हिनामिना गरेको भन्दै अख्तियारले बिहीबार विशेष अदालत काठामाडौंमा आरोपत्र दायर गरेको हो ।

सहिद लालध्वज मोटर मार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम अधिकारी, कोषाध्यक्ष ममिता गुरुङ, भीमबहादुर गुरुङ, तत्कालीन सदस्य गणेशकुमार गुरुङ र निर्माण कम्पनी चार्टर कन्सट्रक्सन प्रालि पोखराका प्रोपाइटर विनोद श्रेष्ठ विरुद्ध आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । उनीहरुबाट ११ लाख ३४ हजार ५ सय रुपैयाँ बिगो असुलको माग गरिएको छ ।
अध्यक्षसहित ३ जनालाई सात लाख ६६ हजार ७ सय रुपैयाँ, तत्कालीन सदस्य गणेशकुमार गुरुङबाट एक लाख १९ हजार ४ सय रुपैयाँ र चार्टर कन्सट्रक्सनका प्रोपाईटर विनोद श्रेष्ठबाट दुई लाख ४८ हजार ४ सय रुपैयाँ बिगो माग गरेको रिसालले जानकारी दिए ।

कोत्रे र थप्रेक जोड्ने सडक ग्राभेल गर्दा बाटोबाट निस्केको पैसा नपर्ने सामग्री प्रयोग गरी ग्राभेल गरेको तर बिल भरपाई मिलान गरेर नगरपालिकाबाट सात लाख ६६ हजार ७ सय रुपैयाँ भुक्तान लिएको प्रमाणित भएको अख्तियारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा १ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरेको उल्लेख गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->