बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाघको छालासहित तनहुँका तीन जना पक्राउ

बाघको छालासहित तनहुँका तीन जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०७८, आइतबार

तनहुँ, १३ भदौ– तनहँुबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार साँझ ६ बजे व्यास नगरपालिका–५ पतेनीबाट पक्राउ गरेको हो ।
व्यास नगरपालिका–६ सिरुवारीका ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१ ओखल्दीका ४० वर्षीय सञ्जित गुरुङ र शुक्लागण्डकी नगरपालिका–१ रतनपुरका ३२ बर्षीय सन्तोष गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी निरिक्षक शिवराज क्षेत्रीले बताए ।
बाख्रेतर्फ जाने चोकमा शंकास्पद गतिविधी गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा बाघको छाला, दाँत हड्डी, खप्परलगायत फेला परेको क्षेत्रीले जानकारी दिए । उनीहरुले प्रयोग गरेको दुई वटा पल्सर बाईक, एउटा डियो स्कुटर, तीन वटा मोबाईल सेट र पाँच हजार तीन सय ८५ रुपैयाँ पनि बरामद गरिएको छ । ‘थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा पठाएका छौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->