बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँका २ पत्रकार पुरस्कृत

तनहुँका २ पत्रकार पुरस्कृत


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७८, बुधबार

तनहुँ/ युवा पत्रकारिता पुरस्कार २०७८ बाट तनहुँका २ जना क्रियाशील पत्रकार पुरस्कृत भएका छन । तनहुँ समाज हङकङले प्रदान गर्ने पुरस्कारद्वारा पत्रकार नारायण खड्का र अमरराज नहर्की पुरस्कृत भएका हुन् ।
तनहुँ समाज हङकङको स्थापना दिवसको अवसरमा मंगलबार पुरस्कृत गरिएको हो । व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने र तनहुँ समाज हङकङका पुर्वअध्यक्ष भिमराज गुरुङले जनही नगद ५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरे ।

सम्मानित पत्रकार खड्का भञ्याङ दैनिक तनहुँका सम्पादक र नहर्की गोरखापत्र दैनिकका तनहुँ संवाददाता हुन् । पत्रकारद्वयले समाजले गरेको सामाजिक सेवाको समाचार सम्प्रेषण गरी योगदान पु¥याएकाले सम्मान गरेको जनाएको छ ।

सम्मानका लागी नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आईतबार बसेको बैठकले दुईको नाम सिफारिस गरेको थियो । सो अवसरमा व्यास नगरपालिकाले जिल्लाका क्रियाशिल पत्रकारका लागी गरेको आरोग्य बिमा पोलिस हस्तानतरणसमेत गरिएको छ । व्यास नगरपालिकाले जिल्लाका ६७ जनाको बिमा गरिदिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->