शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु

मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७८, बुधबार

तनहुँ/ तनहुँमा मेसिनको फित्तामा बेरिएको एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ बर्षीय केशव चौधरी रहेका छन् ।
शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत चौधरी वुधबार विहान मेसिनको फित्तामा बेरिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले बताए ।
स्थानीयले मेसिनको फित्तामा बेरिएको फेला पारेपछि तनहुँ सेवा हस्पिटल दुलेगौँडामा उपचार गर्न ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले जनाए । प्रहरी निरिक्षक खड्काका अनुसार मृतक चौधारी मेसिनमा एक्लै काम गर्दै आईरहेका थिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->