पोखरा/ विद्युतीय उर्जाको उपयोग बढावा दिँदा वातावरण विनाश रोकिनेमा एक कार्यक्रममा वक्ता सहमत भएका छन् ।
प्रकृति रिसोस्सेस सेन्टरद्धारा आइतबार पोखरामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायूपरिवर्तन अनुकुलनका लागि विद्युतीय उपकरणहरुको प्रयोग अपरिहार्य रहेको ठहर गरियो. । हावा, सौर्य लगायत वायोग्यास जस्ता नविकरणीय उर्जामा जोड दिनुपर्ने उनीहरुको धारणा थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानीमन्त्री हरिहरण आचार्यले नविकरणीय उर्जाको सम्भावनालाई उजागर गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरे ।
प्रदेश निती तथा योजना आयोगका सदस्य डा.सुभाष अधिकारीले कोभिडभन्दा पनि जलवायू परिवर्तन खतरा भएको बताउँदै यसको न्यूनीकरणका लागि विश्व नै जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिए ।
नेपाल सरकार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकालले नविकरणीय ऊर्जा उत्पादन र खपतमा प्रदेश सरकारलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजित गरिएको जानकारी दिनुभयो ।कार्यक्रममा गण्डकी प्रदेश ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ,उज्यालो गण्डकी प्रदेश महाशाखा प्रमुख हरिदत्त पौडेल, वायू प्रदुषण र यातायात विज्ञ प्रशान्त खनाल, शोभा महर्जन, गण्डकी प्रदेश नविकरणीय ऊर्जाका कुसल गुरुङ,जीवन अर्याल लगायतले बोलेका थिए ।





