बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मृगौला पीडितलाई साढे ४ लाख सहयोग

मृगौला पीडितलाई साढे ४ लाख सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७८, मंगलबार

तनहुँ/ तनहुँ समाज हङकङले जिल्लाका २ जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले तनहुँको ऋषिङ गाँउपालिका८, पल्ट्याङ घर भएका २ जना मृगौला पीडितलाई नगद ४ लाख ५७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

दुवै मृगौला फेल भई उपचाररत ४१ वर्षीय लुमबहादुर रिमाली र ३६ वर्षीय खिमबहादुर नेपालीलाई समाजले सहयोग गरेको हो । समाजका पूर्वध्यक्ष भीमराज गुरुङले पीडितद्वयलाई नगद रकम हस्तान्तरण गरेका हुन् । पीडित नेपालीलाई २ लाख ७४ हजार २ सय रुपैयाँ र रिमालीलाई १ लाख ८२ हजार ८ सय रुपैयाँ सहयोग गरिएको समाजका सचिव सुवित गुरुङले जानकारी दिए ।

दुवै मृगौला पिडितको नियमित डायलासिस लगायतको उपचारमा रकम अभाव भएको पाएपछि लालबहादुर थापाको नेतृत्वमा हङकङमा रहेका नेपालीबाट उक्त रकम संकलन गरिएको हो । पूर्व अध्यक्ष गुरुङले विगतदेखि नै दुख पीडामा समाजले मलम लगाउने काम गर्दै आएको बताए । विदेशमा रहेर पनि गृह जिल्लाका दुखी पीडितको आवश्यकता अनुसार सहयोग गर्न पाउदाँ खुशी लागेको उनको भनाइछ । प्राप्त रकम सही सदुपयोग गर्न समेत उनले पीडितहरुलाई आग्रह गरे ।

हाल गण्डकी मेडिकल कलेज पोखरामा डायलासिस गर्दै आएका नेपालीले मृगौला प्रत्यारोपण गर्ने तयारीमा छन् । दमौली अस्पतालबाट विगत ५ वर्षदेखि डायलासिस गराउँदै आएका रिमालीले उपचारमा पाएको सहयोगले राहत मिल्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->