बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङका विद्यालय आसोज ४ देखि खुल्ने

बागलुङका विद्यालय आसोज ४ देखि खुल्ने


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७८, मंगलबार

बागलुङ/ बागलुङमा असोज ४ गतेदेखि विद्यालयहरु खुल्ने भएका छन् । बागलुङ नगरपालिका भित्रका सबै सामुदायीक र संस्थागत विद्यालयहरु भौतिक उपस्थितीमानै खुला गर्नेगरी सरोकारवालाले निर्णय गरेका हुन् ।
सदरमुकामका विद्यालयहरु पूर्ण स्वास्थ्य मापदण्डको पालना गरी खुल्ला गर्ने निर्णय भएको नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले जानकारी दिए । नगर स्वास्थ्य शाखाले मंगलबार सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधिहरुसंग बैठक गरेको थियो ।

बैठकले दैनिक चार घण्टा मात्रै विद्यालय खोल्ने निर्णय गरेको हो । ‘दैनिक चार घण्टा विद्यालय सञ्चालन गर्ने, प्राथनाको समय, खाजा समय नगर्ने गरी विद्यालय सञ्चालनको अनुमती दिइएको छ’ पोखरेलले भने ‘स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एउटा डेस्कमा दुई जना विद्यार्थी राखेर कम्तिमा २० जना मात्रै कक्षाकोठामा राखेर विद्यार्थी संख्याका आधारमा तीन सिफ्टमा विद्यालय सञ्चालन गर्न भनेका छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->