बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँको गुणादीमा मृत चितुवा फेला

तनहुँको गुणादीमा मृत चितुवा फेला


  • ढोरपाटन संबाददाता
  • भाद्र ३१ २०७८, बिहिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ गुणादीमा सडकको नालामा मृत भेटिएको भाले चितुवा ।

तनहुँ/तनहुँको म्याग्दे गाउँपालिका–२ माथिल्लो गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको छ । पृथ्वी राजमार्गको नालीमा चितुवा भेटिएको हो ।

करिब १२ बर्ष उमेरको भाले चितुवा मृत चितुवा फेला परेको सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले बताए । ‘चितुवा सडेको अवस्थामा सडकको नालीमा फेला परेको हो । गन्हाउन थालेपछि स्थानीयले देखेर खबर गरेका थिए’, उनले भने ।

चितुवाको शरिरमा चोट देखिएको छैन् । ‘नालीमा भएकाले पानीले पखालेर होला रगत पनि देखिदैन् । सडकमा गाडीसँग ठोक्किएर नालीमा खसेको पनि हुन सक्छ’, रानाभाटले भने । उक्त चितुवा कार्यालय परिसरमा गाडिएको उनले जानकारी दिए ।

तनहुँमा यो बर्ष मात्रै चार चितुवा मृत अवस्थामा फेला परेका छन् । डिभिजन वन कार्यालय तनहुँले दिएको जानकारी २८ जेठमा शुक्लागण्डकी नगरपालिका–९ मा मरेको अवस्थामा चितुवा फेला परेको थियो । यस्तै, १७ जेठमा भानु नगरपालिका– ९ मा र ८ बैशाखमा व्यास नगरपालिका–६ मा पनि मरेका चितुवा फेला परेका थिए ।

चितुवा र मानवबिचको द्धन्द पनि बढ्दो देखिन्छ । १ फागुन २०७४ यता मात्रै १० जनाले चितुवाको आक्रमणका कारण ज्यान गुमाएका छन् । ११ जना घाईते भएको वन कार्यालयले जनाएको छ । यो घटनाले तनहुँमा चितुवाको बिगबिगी रहेको पुष्टी गर्दछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->