शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ट्रक दुर्घटनामा चालकको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७८, शुक्रबार

तनहुँ– तनहुँको बुल्दी खोलामा ट्रक खस्दा चालकको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१ मुसेखोलास्थित पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खोलामा ट्रक खस्दा कास्कीको पोखरा महानगरपालिका–१९ का २८ वर्षीय अर्जुन गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार विहान साढे १२ बजे दुर्घटना भएको तनहुँ प्रहरीले जनाएको छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको तनहुँका प्रहरी नयाव उपरिक्षक युवराज तिम्लिसिनाले बताए । ट्रकमै च्यापिएको अवस्थामा चालक मृत भेटिएका हुन् ।
यस्तै, ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय बालक राजकुमार विक घाइते भएका छन् । उनको रत्नहरि अस्पताल दमौलीमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->