बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विप्लव समूहको केन्द्रीय बैठक बन्दीपुरमा सुरु

विप्लव समूहको केन्द्रीय बैठक बन्दीपुरमा सुरु


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७८, शुक्रबार

तनहुँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । शुक्रबार विहान ९ बजदेखी नेकपाको केन्द्रीय समितिको एघारौँ पुर्ण बैठक सुरु भएको हो ।
पाँच दिनसम्म चल्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने केन्द्रिय सदस्य एवम तनहुँ इन्चार्ज पूर्णजीत पुन ‘उभार’ले बताए । राष्ट्रिय राजनीतिका बारे पनि छलफल चल्ने उनको भनाई छ । ‘राष्ट्रिय राजनीतिमा अहिले संकट पैदा भा’छ । यसको समाधानका निम्ति हामी क्रान्तिकारी पार्टीको हैसियतले कसरी अगाडी बढ्ने सन्दर्भमा छलफल चल्नेछ’, उनले भने ।
राज्यसंग भएको तीन बुँदे सहमती कार्यन्वयनको बिषयमा पनि केन्द्रिय समितिले छलफल गर्नेे जनाईएको छ । ‘राज्यले ईमान्दारीता पुर्वक तीन बुँदे सहमती कार्यन्वयन गरेको छैन् । ढिलासुस्ती भईरहेको छ । हामीले ईमान्दारीता पुर्वक कार्यन्वयन गरि राख्याछौँ । हामी प्रतिबद्ध पनि छौँ । सरकारले हेलचक्रयाँई गरेको सन्दर्भमा हामी कसरी जाने भन्नेमा पनि छलफल गर्नेछौँ’, पुनले भने । पार्टीको आन्तरिक कमिटिलाई कसरी सुदृढ पार्ने र व्यवस्थित पार्न सकिन्छ बैठक तय गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->