शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा जीप दुर्घटनाहुँदा छ घाइते, तीन गम्भिर

स्याङ्जामा जीप दुर्घटनाहुँदा छ घाइते, तीन गम्भिर


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७८, मंगलबार

स्याङ्जा/ स्याङ्जाको चापाकोट नगरपालिकामा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन्भने तीनको अवस्था गम्भिर रहेको छ ।
चापाकोट नगरपालिका ७ पाङ्लुङबाट हरिनास गाउँपालिका ६ क्याक्मी जाँदै गरेको ग २ च १३५९ नम्बरको जीप पाङ्लुङमै दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा रामपुर नगरपालिका ५ पाल्पाकी ५२ वर्षीय ज्ञानुमाया राना, रामपुर ४ का ३७ वर्षीय खुम बहादुर क्षेत्री, १८ वर्षीय सरिता मानन्धर, ३७ वर्षीय विना थापा, स्याङ्जा हरिनास गाउँपालिका ६ को जीप चालक २२ का वर्षीय अशोक कुमार मानन्धर र सहचालक ३० वर्षीय तीर्थ नारायण मानन्धर रहेका छन् ।

घाईतेमध्ये राना, क्षेत्री र अशोक मानन्धरको अवस्था गभ्भिर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गम्भिर घाइतेको रामपुर अस्पतालमा प्राथामिक उपचार गरी थप उपचारलुम्बिनी मेडिकल कलेज प्रभासमा भैरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।
अन्य तीन जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र रामपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->