शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा निषेधाज्ञा हट्यो

स्याङ्जामा निषेधाज्ञा हट्यो


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७८, सोमबार

स्याङ्जा / कोरोनाको दोस्रो चरणको लहरसँगै ५ महिनाबाट लगाइएको निषेधाज्ञा हटाइएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्लाभर गएको बैसाख २१ बाट निषेधाज्ञा लगाइएको थियो ।
कोरोना कहर कहर कमी भएसँगै जिल्लाभर निषेधाज्ञा हटाइएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । पछिल्ला दिनहरुमा कोभिड १९ को संक्रमणदर न्यून हुँदै गएको तथा जिल्लाको जनजीवनसमेत सामान्य बन्दै गइरहेको विश्लेषणका आधारमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी नेपालले सुनाए ।

कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि सहयोग तथा सहकार्य गर्ने स्थानीय तह, राजनीतिक दल, जिल्लास्थित सुरक्षा निकाय, सरकारी कार्यालय, सरकारी एवं गैरसरकारी संघसंस्था, पत्रकार, सञ्चार माध्यम, पेशागत व्यवसायी, आम नागरिक लगायत सवै सरोकारवाला प्रति प्रशासनले आभार प्रकट गरेको छ ।

कोभिड १९ संक्रमणदर घट्दै गएपनि यो पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको र संक्रमणको जोखिम कायम नै रहेको भन्दै प्रशासनले आफ्नो पेशा व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->