बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शुक्लागण्डकीमा बजार अनुगमन सुरु

शुक्लागण्डकीमा बजार अनुगमन सुरु


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०७८, मंगलबार

तनहुँ/ शुक्लागण्डकी नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु थालेको छ । नगरपालिकाको अनुगमन टोलीले सोमबारदेखी बजार अनुगमन थालेको हो । पहिलो दिन दुलेगौँडा बजारमा रेहको किरान स्टोर्स र डिपार्टमेन्टल स्टोर्सको अनुगमन गरेको अनुगमन संयोजक नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताए ।

उनका अनुसार दुई दर्जन किराना पसल, डिपार्टमेन्टल र पेय पदार्थको डिलरमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा मुल्य सुची नराखेको, व्यवसाय दर्ता र नविकरण नगरिएको पाईएको उनले बताए । ‘केही म्याद नाघेका वस्तु पनि फेला परेको छ । ती वस्तु जफत गरेका छौँ’, उनले भने । मसला, चाउचाउ, बिस्कुट लगायतका सामाग्री म्याद नाघेको फेला पारिएको हो । व्यवसाय दर्ता नविकरण गर्ने, मुल्य सुँची ग्राहकले देख्ने स्थानमा टाँस्न सुचित गराईएको छ ।
गत बर्षको तुलनामा पहिलो दिनको अनुगमनमा बजार सुधारिएको पाईएको लम्सालले बताए । गत बर्ष दशैँको बेला अनुगमन गर्दा बजारमा छ्यापछ्याप्ती म्याद नाघेका खाद्यवस्तु र पेय पदार्थ फेला परेको थियो । पहिलो दिनको अनुगमनले यसपाली म्याद नाघेका बस्तु निकै कम फेला परेको हो । जफत गरेको सामाग्री प्रहरी प्रशासनको रोहबारमा नष्ट गर्ने जनाईएको छ ।

नगरपालिकाले २४ असोजसम्म बजार अनुगमनलाई निरन्तरता दिनेछ । दुलेगौँडा बजारसँगै खैरेनीटार, बेलचौतारा, कोत्रे, ढोरफिर्दी, साँखे, मान्द«े लगायतका यहाँका प्रमुख बजारमा अनुगमन हुनेछ । चाडवाडको बेलामा कालोबजारी हुन सक्ने र उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड हुने गरी अखाद्य बस्तुको विक्री हुने भएकाले नगरपालिकाले बर्षेनी चाडपर्वको बेला बजार अनुगमनलाई तिब्रता दिने गरेको छ । अनुगमन टोलीमा नगरपालिकाका कर्मचारीसँगै, व्यवासायिक संघ संस्थाका प्रतिनिधी, प्रहरी र पत्रकार सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->