स्याङ्जा/ वडा प्रहरी कार्यालय वालिङले मोटरसाईकल चोरी गर्ने चार जना जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बिभिन्न मितिमा चोरी भएका मोटरसाईकलको खोजतलास गर्ने क्रममा सात थान बिभिन्न कम्पनीका मोटरसाईकल र दुई थान स्कूटर समेत गरी चार जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बुटवल उपमहानगरपालिका १२ बस्ने ३४ बर्षिय बिष्णु बहादुर नेपाली, २८ बर्षिय प्रकाश सिन्धौली (सार्की), भिरकोट नगरपालिका २ का २० बर्षिय बिप्लव श्रेष्ठ र २० बर्षिय ज्ञान बहादुर गुरूङ रहेकाछन् ।
मोटरसाईकल र स्कूटर सहित पक्राउ परेको चारै जनालाई चोरी मुद्धा दर्ता गरी थप अनुसन्धान अगाडी बढाएको प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले जानाकारी दिए ।





