शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पखालाको औषधि बेटाडिन !

पखालाको औषधि बेटाडिन !


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७८, शनिबार

स्याङ्जा/ अर्जुन चौपारी गाउपाँलिकामा स्वास्थ्यकर्मीले चरम लापरवाही गरेको पाइएको छ । अर्जुन चौपारी ६, तमुखबारीका ज्वरो र डाइरियाका बिरामी ५ वर्षीय अदीप ढकाललाई बेटाडिन दिएर स्वास्थ्यमा चरम लापरबाही गरिएको हो ।

बेटाडिन एक प्रकारको कीटाणुरहित तरल पदार्थ हो, जुन घाउमा प्रयोग गरिन्छ । यसको प्रयोगले घाउ छिटो निको हुन सघाउ पुग्छ । तमुखबारीमा गरिएको गाउँघर क्लिनिकमा छोरालाई ज्वरो आाएपछि चेकजाँच गर्दा काटेको ठाउँमा लगाउने औषधी बेटाडिन दिएको बच्चाका बाबु डिल्लीराम ढकालले बताए ।

दरौं स्वास्थ्य चौकीबाट गाउँघर क्लिनिकमा अहेव भेषराज अधिकारी र स्वयंसेविका गीता पौडेल उपचारका लागि आएको र ज्वरोका औषधि बेटाडिन दिएको उनले बताए । छोरालाई बल गरिगरी पहिलो पटक औषधि खुवाउँदा उल्टी गरेको र दोस्रो पटक खुवाउँदा तीतो भएको बताएपछि मैले चाख्दा तीतो भयो,’ उनले भने, ‘स्वास्थ्य प्रमुख कोमल राज ढकालकोमा पुग्दा सत्यता पत्ता लाग्यो ।’

स्वास्थ्य प्रमुखले औषधिको बाहिरी खोल च्यातेर औषधि नखुवाउन भनेको बताउँदै ढकालले स्वास्थ्य क्षेत्रमा चरम लापरबाही हुँदा सामान्य कुरा भएको वडा स्वास्थ्य प्रमुखले भनेको गुनासो गरे । ‘बेटाडिन खाँदा धन्न छोराको ज्यान गएन,’ ढकालले भने, ‘स्वास्थ्य प्रमुखले अन्य ठाउँमा यही घटना समाधान गर्न दबाब दिएका छन् ।’

बच्चाले बेटाडिन खाएपछि थप बिरामी भएको बताउदै ढकालले जिल्लामा लगेर औषधी गरको र अवस्था सामान्य रहको सुनाए । बिरामीलाई चरम लपरवाही गर्ने स्वास्थ्य प्रमुख, अहेब र स्वयंसेवीकालाई कारबाहीको लागि पीडित पक्षले उजुरी गरेका छन् । गाउँपालिकामा उजुरी गर्न आएको ढकालले गाउँपालिका स्वास्थ्य प्रमुख इश्वर केसीलाई औषधी देखाउँदा सिटामोल दिनु पर्नेमा बेटाडिन दिएर अहेबले गल्ती गरेको केसीले बताए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->