बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

हिमालीमा ज्ञानबहादुर , मेनकाजीको स्मृतिमा अक्षयकोष

हिमालीमा ज्ञानबहादुर , मेनकाजीको स्मृतिमा अक्षयकोष


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७८, आइतबार

पोखरा/ हिमाली सांस्कृतिक परिवारको २४ औं वार्षिक साधारणसभाले वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापालाई अध्यक्षमा मनोनयन गरेको छ। रिक्त रहेको कार्यसमिति सदस्यमा आजीवन सदस्य रामकृष्ण बास्तोला गोर्खालीलाई पदपुर्ति गरिएको छ।

अध्यक्ष मेनकाजी गुरुङको निधनपछि ज्ञानबहादुरले अध्यक्षको जिम्मेवारी समहाल्दै आएका थिए । मानार्थ सदस्य महेश गुरुङ, सल्लाहकार सदस्य एवम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ शुभकामना व्यक्त गरिएको साधारणसभामा सचिव श्रीजंग गुरुङबाट प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महादेव न्यौपानेबाट प्रस्तुत प्रतिवेदन पारित गरिएको थियो।

कार्यक्रममा वरिष्ठ संस्कृतिकर्मी, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको स्मृतिमा हिमाली सांस्कृतिक परिवारद्वारा स्थापना गरिने अक्षयकोषका लागि करिब ८ लाख संकलन गरिएको जानकारी दिइयो । हिमाली सांस्कृतिक परिवारबाट २ लाख, स्वर्गीय गुरुङको परिवारबाट २ लाख ५१ हजार, हिमाली परिवारका मानार्थ सदस्य खेमबहादुर गुरुङले ५० हजार, मानार्थ सदस्य टिकाबहादुर कार्की ५० हजार, मानार्थ सदस्य सामाजिक अभियन्ता महेश गुरुङ ५० हजार, मानार्थ सदस्य रुद्रकुमारी मैना गुरुङ ५० हजार, सोम गुरुङ(अमेरिका) १ लाख, सल्लाहकार शान्ति गुरुङ २५ हजार, मानार्थ सदस्य सुवेदार जसबहादुर गुरुङ ५ हजार ५५५, आजीवन सदस्यहरु हिरादेवी गुरुङ १० हजार, शुष्मा गुरुङ १० हजार, लक्ष्मी गुरुङ १० हजार, मनु गुरुङ १० हजार अक्षयकोषका लागि रकम प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->