शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा लागुऔषध सहित तीन जना पक्राउ

स्याङ्जामा लागुऔषध सहित तीन जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७८, आइतबार

स्याङ्जा – पुतलीबजार नगरपालिकाबाट अबैद्य लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
पुतलीबजार नगरपालिका ४ नागडाँडाबाट उनीहरुलाई १ सय ८४ एम्पुल डाईजेपाम, १ सय ८४ एम्पुल फेनारगन र १ सय ८४ एम्पुल नुफिनसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पक्राउ पर्नेहरुमा फेदीखोला गाउँपालिका २ बस्ने ३४ वर्षीय बिक्रम गुरुङ सहित तीन जना रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।
उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र प्रहरी चौकी फेदीखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुराकीको आधारमा कास्कीको टोलीले पक्राउ गरेकाले अन्यको नाम भने नखुलाईएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->