बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

प्रधानमन्त्री देउवाले भने, ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्रै हो’

प्रधानमन्त्री देउवाले भने, ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्रै हो’


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७८, आइतबार

पोखरा – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका छन् । सबैले सुने हुन्छ प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक केही हुन सक्दैन । कसैले अरु कुनै किसिमको सपना नदेखे हुन्छ । प्रजातन्त्रको लागि लडेको पार्टी हो’,गण्डकीलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा बोल्दै उनले भने,‘यहाँ केही कुरा आएका छन् । जनताले जनताको नाम सबैले लिन्छन् । जनताले मान्दैनन् । जनताले हो भन्छन्, जनताले भोटबाट देखाइहाल्छन् । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो ।’
आफूमाथि प्रधानन्यायधीशको कोटाबाट गजेन्द्र हमाललाई मन्त्री बनाएको र लोकतन्त्र कमजोर बनाएको आरोप लागिरहेका बेला देउवाको यो भनाइ बाहिर आएको हो । आफूसँग धेरै बोल्ने विषय नभएको बताउँदै उनले पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको र अर्कोतिर छिटो छरितो विकासका कामहरु अगाडि बढाउनु आवश्यक भएको पनि बताए ।
यसअघि सोही मञ्चबाट बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनतामा चेतनाको स्तर नबढ्दा नेताहरु स्तर पनि नबढ्ने र एउटै व्यक्ति दोहोरिने सम्भावना रहने बताएका थिए ।
फरक प्रसंगमा उनले देश कोभिडबाट मुक्त भइसके पनि नियन्त्रणको दिशामा अगाडि बढेको बताए । ‘अहिले अन्तर्राष्ट्रिय जगत र विश्व स्वास्थ्य संगठनले नेपाललाई धन्यवाद दिएको छ’। उनले भने,‘ कोभिड कन्ट्रोल गरेकैले नेपालीलाई बेलायत जान र बेलायती पर्यटक नेपाल आउने अवस्था बनेको छ ।’ नेपालको संविधानमा शिक्षालाई मौलिक हकको रुपमा राखिएको एवं राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा सार्वजनिक प्रतिवद्धता गरिएको स्मरण गर्दै प्रधानमन्त्री देउवाले साक्षरता भनेको नागरिकको सचेतना भएको बताए ।

चिप्लिए प्रधानमन्त्री देउवा
हडबढाउनु प्रधानमन्त्री शेरबहादुर देउवाको पुरानै बानी हो । प्रधानन्यायाधीशको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाएको भन्दै चौतर्फी ओलोचना खेपेका र हमालको राजीनामा पत्र बुझेर आइतबार पोखरा आएका देउवा यहाँ पनि चिप्लिए । गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने कार्यक्रममा बोल्दै उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा र मोतिराम भट्ट गण्डकीमै जन्मेको बताइदिए । खासमा दुबै कवि काठमाडौंमा जन्मिएका हुन् ।
उनले भाषणको सुरुमै भने, ‘गण्डकी साक्षर घोषणा भएको छ । गण्डकी सरकारसहित सबैलाई बधाई । यो प्रदेशको इतिहासमा नै ठूला विद्वान् जन्मेको ठाउँ हो यो । महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल यहीँ जन्मिनुभएको हो । मोतीराम भट्ट पनि यहीँ जन्मिनुभएको हो ।’गण्डकीबासीलाई उनले पहिलो साक्षर प्रदेश घोषणा भएकोमा बधाई पनि दिए । तर, यसअघि नै बागमती साक्षर प्रदेश घोषणा भइसकेको छ ।
केही वर्षअघि भएको एउटा कार्यक्रममा पुरानो भाषण पढ्दा पनि प्रधानमन्त्री देउवा चिप्लिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->