शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

महानगरको बजार अनुगमन

महानगरको बजार अनुगमन


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७८, सोमबार

पोखरा/ पोखरा महानगरले दसैंलाई लक्ष्य गरी आइतबारबाट बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार खसी बजार र फ्रेस हाउमा अनुगमन गरेको महानगर उपभोक्ता हित संरक्षण समिति सदस्यसचिव अनिल कार्कीले जानकारी दिए ।

पोखराको चाउथेमा रहेको खसी बजारका ३ पसलमा अनुगमन गरिएको थियो । जिउँदा खसीबोका बिक्री वितरणमा बढी मूल्य लिएको र बिरामी खसीबोका बिक्री गरेको गुनासो आएपछि आइतबार अनुगमन गरेको हो । बजारमा अनुगमन गर्दा त्यस्तै नदेखिएको र व्यवसायीलाई उपभोक्तालाई बढी मूल्य नलिन र बिरामी खसी बोकालाई छुटटै राख्ने व्यवस्था गर्न सुझाव दिएको कार्कीले बताए ।

अनुमगन टोलीले केही मासु पसलको समेत अनुगमन गरिएको थियो । चाउथेमा सञ्चालित सुनिल फ्रेस हाउसले बिना दर्ता सञ्चालन भएको पाएपछि बन्द गराइएको सदस्य सचिव कार्कीले जानकारी दिए ।
महानगरमा दर्ता नगरी सञ्चालन गरिएको पाइएकाले दर्ता गरेरमात्रै पसल सञ्चालन आग्रह गरिएको कार्कीले बताए । ‘चाडपर्वमा म्याद गुज्रेका सामग्री बिक्री वितरण गर्ने, बढी मूल्य लिने र बिना इजाजत पसल सञ्चालन गर्ने गरेको गुनासो आउने गरेको छ,’ उनले भने ।

चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मूल्यबृद्धि गर्ने गरेको गुनासो आउने गरेका कारण अनुगमन गरेको उपप्रमुख गुरुङले बताइन् । उनले भनिन्, ‘चाडपर्वमा उपभोक्ता नठगिऊन भन्ने उद्देश्यले पोखरामा बजार अनुगमनलाई निरन्ता र तीव्र बनाउनेछौं ।’

पोखरा महानगर पशु सेवा कार्यालयमा ५ सय मासु पसल दर्ता रहेको र १४ सय बढी बिना दर्ता सञ्चालन भइरहेको कार्यालयका प्रमुख नवराज अधिकारीले बताए । महानगरले मासु पसल सञ्चालनका लागि मापदण्ड बनाएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->