शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा पाँच औषधि पसल कारबाहीमा परे

स्याङ्जामा पाँच औषधि पसल कारबाहीमा परे


  • अर्जुन काफ्ले
  • असोज २७ २०७८, बुधबार

स्याङ्जा/ पुतलीबजार नगरपालिका भित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही गरिएको छ ।
औषधि पसल, क्लिनिक, फार्मेसीमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको अनुगमनमा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको हो ।

म्याद गुज्रेका औषधि बिक्री वितरण गरेको, अनुमति लिएभन्दा बढी सेवा प्रवाह गरेको र तोकिए अनुसारका मापदण्ड पूरा नगरेका औषधि पसललाई कारबाही गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले बताए ।

पहिलो चरणमा आठ वटा औषधि पसलमा सचेत गरेको र पाँच वटालाई कारबाहीस्वरुप न्यूनतम जरिवाना गरेको बताउदै शर्माले औषधि व्यवसायीलाई अहिले भएका कमिकमजोरीलाई सुधार गर्न भनेको र आगामी दिनमा थप सचेत हुन सुझाव दिएको बताए ।
अहिले न्यूनतम जरिवाना गरिएको र आगामी दिनमा फेरि यस्तै कमजोरी दोहोरिएमा प्रचलित कानूनअनुसार कडा प्रावधानमा टेकेर कारबाही गरिने शर्माले बताए ।

कारबाहीमा पर्ने स्वास्थ्य संस्थामा स्याङ्जा हेल्थ केयर, अशोक फर्मा, शुभसङगीता फर्मा, सतिदेवी पोलिक्लिनिक र मोनिका मेडिसिन स्टोर रहेका छन् ।

प्रशासनले मोनिका मेडिसिन स्टोरलाई पाँच हजार र अन्य चार वटालाई १०÷१० हजार रुपियाँका दरले जरिवाना गराइएको हो ।
जरिवाना तथा कारबाहीमा परेका स्वास्थ्य संस्थाले आंशिक सेवाका लागि अनुमति लिएर तोकिएभन्दा बढी सेवा प्रवाह गरेको भेटिएको शर्माले बताए ।

पहिलो चरणमा सदरमुकाममा अनुगममा यस्तो भेटिएपनि जिल्ला भित्रका सबै औषधी पसलहरु मापदण्ड बाहिर रहेर काम भैरहेको स्थानियएको भनाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->