बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

समाजवादी पार्टी बनाउने योजना भताभुंगः शिक्षा मन्त्री पौडेल

समाजवादी पार्टी बनाउने योजना भताभुंगः शिक्षा मन्त्री पौडेल


  • राजेशचन्द्र राजभण्डारी
  • असोज २७ २०७८, बुधबार

बागलुङ – शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले समाजवादको अग्रदस्ताख पार्टी बनाउने योजना पार्टी नेतृत्वमा गलत मान्छे आएको कारण सबै भताभुंग भएको बताएका छन् । एकजना लिडर अरूले बनाएको कुरा सम्हाल्ने भन्दापनि बिगार्नेतर्फ लागेको कारणले समस्या आएको माआ‌ेवादी नेता समेत रहेका मन्त्री पौडेलले बताए ।
नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले उनको सम्मानमा आज बागलुङमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले पार्टी दुई ठूला पार्टी एकभएपछि गाउँ गाउँमा संगठन सदस्य बनाइ राख्न जरुरी नै नपर्ने र सरासर पार्टी सदस्यले मात्रै भोट हाले पुग्ने अवस्था रहेकोमा खराव नेतृत्वले समस्या आएको वताए ।
माआ‌ेवादी अध्यक्ष प्रचण्डले पार्टी मन्त्रीहरूलार्इ भेटेर राम्रो काम गर्न निर्देशन दिएको तर आफुहरूले गठबन्धनका साझा धारणा ल्याउन सुझाव दिएको कार्यक्रममा बताए ।
शिक्षा र स्वास्थ मन्त्रालयमा काम गर्न जटिलता भएको हुदाँ यसबारे तत्काल केही गर्न नसकिने मन्त्री पा‌ैडेलले बताए ।शिक्षा मन्त्रालय धमाधम बजेट बाँड्ने मन्त्रालय भएको र निश्चित नीति तथा कार्यक्रममा मात्रै बजेट जाने उनले बताए ।

माओवादी केन्द्र बागलुङकी इन्चार्ज बलावती शर्माले जनमत जित्न विद्यालय र विश्वविद्यालय सबैको पहुँचमा पुर्‍याउनुपर्ने जनाउँदै शिक्षामा सुधार गरे मात्र देशको आर्थिक समृद्धि सम्भव भएको औंल्याइन् ।
बागलुङ जिल्ला क्षेत्र नम्बर २ बाट नेकपा माआ‌ेवादी केन्द्रबाट निर्वाचित पौडेललाई गृह जिल्लामा नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र निकट ब्यापार संगठन नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले जिल्लाबाट मन्त्री हुन सफल भएकोमा बधाई दिन आयोजित कार्यक्रममा बागलुङ जिल्ला आर्थिक रूपले धेरै तल परेको, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर अहिलेसम्म सम्पन्न हुन नसक्दा जनताले दिनहुँ सकस ब्यहोर्नु परेको भन्दै अब यसमा परिवर्तन ल्याउन सहभागीले सुझाव दिएका थिए । जिल्लाले धेरै पछि मन्त्री पाएकोले यसलाई अवसरको रूपमा लिन जरुरी भएको बक्ताहरूले धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन गण्डकी प्रदेशका अर्जुन चोखाल, नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन जिल्ला समितिका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगायतका बक्ताहरूले उद्योग, कलकारखाना र सेवा क्षेत्रमा चाहिने जनशक्ति उत्पादन गर्ने खालको शिक्षानीति ल्याउन सके धेरै युवाले देशैमा रोजगारी पाउने आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञामनाथ गैरेले, स्वागत बागलुङ नगर कमिटीका अध्यक्ष इन्द्र केसीले र सञ्चालन नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका सचिव गोकुल कँडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->