पोखरा/ बेमौषमी झरी र हावापानीले कास्कीको धानबालीमा आंशिक क्षति पु¥याएको छ । पोखरा महागनरपालिकाका कृषि शाखा प्रमुख मनोहर कडरियाका अनुसार पोखराको १८,२३ र २४ वडामा गरिएको अनुगमनको क्रममा काटेको धान उम्रेको अवस्थामा भेटिएको छ भने जेठोबुढो,गुँदीजस्ता परपम्परागत धान नकाटिएकोले खासै क्षति भएको छैन । ढलेको धानलाई किसानहरुले उठाएर चुल्ठो बनाएर बाँधेको उनले जानकारी दिए ।





