शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गल्याङकी बसन्ती एक हप्तादेखि बेपत्ता

गल्याङकी बसन्ती एक हप्तादेखि बेपत्ता


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०७८, शुक्रबार

स्याङ्जा/ गल्याङ नगरपालिका २ घ्याङ्सिङ्डाँडाकी ३५ वर्षीय बसन्ती थापा एक हप्तादेखि बेपत्ता छन् । एक हप्ता पहिला घरबाट बाहिर निस्केकी थापा घर नफर्केपछि खोजिदिन श्रीमान चन्द्र बहादुर थापाले वडा प्रहरी कार्यालय वालिङमा निवेदन दिएका छन् ।

उनले प्रयोग गर्ने मोबाइल समेत घरमै छोडेर गएको र कसैले प्रलोभनमा पारि बेपत्ता बनाएको हुनसक्ने भन्दै श्रीमानले प्रहरी समक्ष निबेदन दिएका हुन् ।
१८ वर्ष अघि विवाह गरेका उनीहरुको कुनै ठुलो झगडा नपरेको बताउदै श्रीमान थापाले घर छोडेर हिडेकी बसन्ती माइतिको सम्फर्कमा समेत नरहेको बताए ।

श्रीमतीले घर छोडेको अर्को दिन एउटा नयाँ नम्बरबाट फोन गरेर अब आफुलाई कहिल्यै सम्पर्क नगर्न भनि फोन काटेको श्रीमान थापाले बताए ।
श्रीमतीको फेसबुक हेर्दा उनलाई भारतमा रहेका एक पुरुषले नियमित फोन सम्पर्क गरेको र उसैले बेचबिखनको निम्ति कतै लुकाएर राखेको हुनसक्ने श्रीमानको आशंका छ ।
दुइ छोरी र एक छोराको आमा रहेकी बसन्ती सम्पर्क विहिन भएपछि परिवार चिन्तित बनेको १६ वर्षीय छोरा तुषारले बताए ।
एक हप्तादेखि बेपत्ता आमा बसन्तीलाई जसरि पनि खोजिदिन छोरा तुषारले सबैसगँ आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->