शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

एमाले म्याग्दीका २५ वडामा सर्वसम्मत नेतृत्व चयन

एमाले म्याग्दीका २५ वडामा सर्वसम्मत नेतृत्व चयन


  • धु्रबसागर शर्मा
  • कार्तिक ७ २०७८, आइतबार

म्याग्दी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को म्याग्दीले शनिवार २५ वटा वडाहरुको नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ ।

प्रथम वडा अधिवेशनबाट बेनी नगरपालिकाको वडा नं १ रत्नेचौरमा टेकबहादुर थापामगर, वडा नं २ ज्यामरुककोटमा दिलबहादुर घिमिरे, वडा नं ३ भकिम्लीमा गेमबहादुर घर्तीमगर, वडा नं ४ सिङ्गामा गोविन्दप्रसाद पौडेल, वडा नं ५ पुलाचौरमा दिनेश कार्की, वडा नं ६ अर्थुङ्गेमा गणेशबहादुर बानियाँ, बेनी ७ मा रमेश फगामी, बेनी ८ मा ठाकुरप्रसाद शर्मा, वडा नं ९ घतानमा बाबुराम चोखाल र वडा नं १० पात्लेखेतमा कृष्णबहादुर मल्ल वडा कमिटी अध्यक्षमा सर्वसम्मत चयन भएका नेकपा म्याग्दीले जनाएको छ ।

यसैगरी रघुगंगाको राखु भगवतीमा धु्रब सुवेदी, पिप्लेमा सुमन पौडेल र पाखापानीमा ट प्रसाद शेरपुन्जा वडा कमिटीको अध्यक्ष चयन भएका छन् । मंगला गाउँपालिकाको कुहुँमा एकजित रोका, बाबियाचौरमा जीवन कार्की र अर्मनमा कृष्ण छन्त्याल अध्यक्षमा चयन भएका छन् ।

मालिका गाउँपालिकाको निस्कोटमा यामबहादुर पुन, मालिका–३, रुममा बलबहादुर बुढा, ओखरबोटमा गोविन्द कँडेल, दरबाङमा तारामान रोका र विममा टुकलाल चोचाङ्गी सर्वसम्मत अध्यक्षमा चयन भएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए । त्यस्तै अन्नपूर्ण गाउँपालिकाको घारमा भक्तबहादुर खड्का, धवलागिरिको मुनामा विष्णु भण्डारी, मुदीमा गणेश घर्ती र ताकममा कलानिधि सुवेदीको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->