पोखरा/एमालेको वडा अधिवेशनमार्फत् सरकारी कर्मचारी पनि अध्यक्षमा निर्वाचित भएका छन् । एमाले पोखरा महानगरपालिका वडा ३ का नवनिर्वाचित अध्यक्ष सुरेन्द्र परियार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा रहेको संग्रहालयका कर्मचारी हुन् ।उनी त्यहाँ सहायक पदमा रहेका छन् । त्यतिमात्रै होइन, उनी पृथ्वी नारायण क्याम्पसकै शिक्षकसमेत हुन् ।
नेपाल सरकार संघीय निजामति सेवाको गठन,संचालन र सेवाका सर्तहरुको व्यवस्था गर्न बनेको विधेयकको परिच्छेद १० (७०) भनेको छ,‘राजनीति क्रियाकलापमा सहभागी हुन नपाउने ः निजामती कर्मचारीले राजनीतिक दल वा दलसँग आवद्ध संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनैपनि राजनीति गतिविधिमा भाग लिन हुदैँन ।’
यस्तै बुँदा ७५ ले भनेको छ– ‘निर्वाचनमा भाग लिन नहुने ः निजामती कर्मचारीले कुनैपनि राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिने,प्रचार–प्रसार गर्न, जुलुसमा भाग लिन,चन्दा दिन वा कसैका लागि मत माग्न वा निर्वाचनमा कुनै प्रकारको प्रभाव पार्न हुँदैन ।’
शिक्षक /कर्मचारीले पाउँदैनन् : पंगेनी (निर्वाचन कमिटी अध्यक्ष)
उता नेकपा एमाले जिल्ला निर्वाचन कमिटि अध्यक्ष टीकाराम पंगेनीले सरकारी कर्मचारी तथा शिक्षकलाई आचार संहिताले पार्टीको पदमा बस्न नदिने बताए । उनले राज्यले शिक्षक तथा कर्मचारीलाई पार्टीको सदस्यता नलिन आचारसंहिता ल्याएको बताउँदै कोही पदाधिकारी त्यस्तो भेटिएमा पद वा आफ्नो पेशा छाड्नुपर्ने बताए । ‘निर्वाचनमा आउनका लागि हाम्रो आचार संहिता छ । शिक्षक, कर्मचारी पदमा बस्न पाउँदैनन् । उनीहरुलाई पार्टीमा छुट्टै स्थान हुन्छ’,उनले भने । ‘पार्टी सदस्यता प्राप्त गरेको १ वर्ष भएको व्यक्तिमात्रै हाम्रो उम्मेद्वार हुन सक्छन् सदस्यका लागि’,उनले भने,‘ १ कार्यकाल बसिसकेको व्यक्तिमात्रै पदाधिकारीमा आउन सक्छन् त्यो खाले प्रावधान रहेको छ,’ उनले थपे‘शिक्षकहरु कर्मचारीहरु बस्न पाउँदै पाउँदैन् । हामी राख्दैनौ । हामी पार्टीको कमिटीमा रहेर बोर्डकास्टिङ गर्ने सर्वदलिय बैठकमा जानेकुराहरु कर्मचारी तथा शिक्षकहरुबाट हामी गर्दैनौँ ।’
उनले नमूना निर्वाचन भइरहँदा कुनैपनि वडामा महिला नेतृत्व नआउँनु दुःखद् रहेको बताए । ‘पोखरामा, दुःखको कुरा महिला आएनन् । आटँ गरेनन्’,उनले भने ।
यी हुन् एमालेका वडा कमिटी अध्यक्षहरु
पोखरा महानगरपालिकाका ६ वटा वडामा बाहेक अन्य वडामा एमालेले अध्यक्षसहित नयाँ कार्यसमिति चयन गरेको छ ।
पोखरा महानगरपालिकाको वडा नंबर ९,१६,२०,२१,२३ र २६ मा अधिवेशन हुन नसकेको एमाले कास्की सचिव दामोदर बैरागीले बताए । अधिवेशनको उद्घाटन भएपनि तयारी नपुगेकाले ती वडामा अधिवेशन हुन नसकेको उनको जिकिर छ । कात्तिक १५ भित्र सबै वडाले नयाँ नेतृत्व पाउने उनले बताए ।कास्कीको माछापुच्छे« गाउँपालिकाको वडा नंबर ३ मा पनि अधिवेशन भएको छैन ।
उनका अनुसार पोखरा–१ मा रामविक्रम राणा, २ मा दीपक शाह,३ मा सुरेन्द्र परियार,४ मा शंकरबहादुर कोइराला, ५ मा विष्णुप्रसाद बराल अध्यक्ष चुनिएका छन् । यसैगरी वडा नंबर ६ मा बलराम पहारी, ७ मा किशोर बराल, ८ मा अर्जुन श्रेष्ठ,१० मा सूर्य बानियाँ,११ मा मीनबहादुर गुरुङ, १२ मा बलराम ढुंगाना र १३ मा निलकष्ठ सिग्देल अध्यक्ष चुनिएका छन् । वडा नंबर १४,१५,१७ र १९ मा क्रमशः बटुकृष्ण कुँवर, भोजबहादुर गुरुङ, ऋषभ तिमिला,पुष्कल थापा र विष्णुप्रसाद गौतम अध्यक्ष बनेका छन् । वडा नंबर २२ मा राजेन्द्रप्रसाद बराल, २४ मा शिवप्रसाद सुवेदी,२७ मा सूर्यमणि लामिछाने, २८ मा रामकृष्ण तिवारी,२९ मा प्रमोद भण्डारी,३० मा कृष्णप्रसाद अधिकारी, ३१ मा चिरञ्जीवी बञ्जरा,३२ मा चिरञ्जीवी तिवारी र ३३ मा दीपक लामिछाने अध्यक्ष चुनिएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नंबर १ मा छविलाल दाहाल,२ मा नारायण भण्डारी, ३ मा महेश्वर पौडेल, ४ मा कृष्ण केसी ,५ मा लालबहादुर केसी, ६ मा एकदेव देवकोटा,७ मा दुर्गाबहादुर क्षेत्री,८ मा टंक सुवेदी,९ मा पूर्ण राई, १० मा राजबहादुर गुरुङ र ११ मा गुञ्जमान गुरुङ अध्यक्ष चुनिएका छन् । यता, मादी गाउँपालिकाको वडा नंबर १ मा भीमराज गुरुङ,२ कुमार गुरुङ,३ मा ज्यामप्रसाद गुरुङ,४ मा रविमोहन सापकोटा,५ मा बाबुराम सापकोटा,६ मा दिलबहादुर क्षेत्री,७ मा रामप्रसाद गुरुङ, ८ मा लालबहादुर गुरुङ,९ मा श्रीप्रसाद गुरुङ,१० मा विजय गुरुङ र ११ मा नन्दजंग गुरुङ अध्यक्ष चयन भएका छन् ।
रुपा गाउँपालिकाको वडा नम्बर १ मा कृष्ण श्रेष्ठ, २ मा कृष्ण ओझा, ३ मा दीपेन्द्र गौतम,४ मा रमेशराज रेग्मी,५ मा तिलक अधिकारी,६ मा ज्ञानेन्द्र सुवेदी र ७ मा कृष्णबहादुर बिक अध्यक्ष चुनिएका छन् । माछापुच्छे« गाउँपालिकाको वडा नंबर १ मा अनुप गुरुङ,२ मा हुकुमसिंह गुरुङ, ४ मा टेकबहादुर श्रेष्ठ,५ मा हुमबहादुर लामिछाने,६ मा रुद्रबहादुर क्षेत्री,७ मा कुलप्रसाद भण्डारी,८ मा कृष्णप्रसाद दवाडी र ९ मा टेकबहादुर श्रेष्ठ अध्यक्ष चयन भएको सचिव बैरागीले जनाए ।





