बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

ताल प्राधिकरणका प्रमुख गुरुङको राजीनामा

ताल प्राधिकरणका प्रमुख गुरुङको राजीनामा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०७८, सोमबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकीका कार्यकारी प्रमुख डा. अनुप गुरुङको राजीनामा स्वीकृत गरेका छन् ।
२०७६ फागुन २३ मा नियुक्त गुरुङले कात्तिक ५ गते राजीनामा दिएका थिए । राजीनामा पत्रमा उनले भनेका छन्, ‘पदमा रही सेवा गर्ने प्रबल इच्छा हुँदाहुँदै पनि हाल मेरो घरायसी समस्याले कार्य गर्न असमर्थ रहेकाले राजीनामा स्वीकृत हुन विनम्र निवेदन गरेको छु ।’ राजीनामा कसैको डर, धाक धम्कीबाट नभइ नितान्त आफ्नो खुसीराजीबाट पेस गरेको पनि उनले उल्लेख गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->