बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

सुनगाभा सहकारीमा थापा

सुनगाभा सहकारीमा थापा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०७८, सोमबार

पोखरा/ सुनगाभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १८, सेदीभिलेजको सञ्चालक समितिको अध्यक्षमा कृष्ण बहादुर थापा निर्विरोध चयन भएका छन् । शनिबार भएको पाँचौं अधिवेशन तथा १२ औं वार्षिक साधारणसभाले थापाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र लेखा समिति चयन गरेको हो । थापा तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएका हुन् ।

यसैगरी सञ्चालक समितिको उपाध्यक्षमा पार्वती कोइराला, सचिव कृष्ण थापा र कोषाध्यक्ष राजु थापा छन् । सहकारीको सदस्यमा रमेश थापा (सुमन), सुरेन्द्र थापा, निर्मल गौतम, रमेशबहादुर थापा र देवकी पहारी चुनिएका छन् ।
यसैगरी लेखा समितिको संयोजकमा रामबहादुर थापा र सदस्यमा मिना थपलिया र भगवान पहारी चयन भएका छन् । पत्रकार गणेश पहारी संयोजक तथा सूर्यबहादुर थापा र पवित्रा बास्तोला सदस्य रहेको निर्वाचन समितिले निर्वाचित पदाधिकारीहरुलाई शपथ गराएको थियो ।

साधारणसभामा पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले सहकारीले आफ्ना सदस्यहरुलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताए । उनले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा पनि जोड दिए ।
कार्यक्रमा बंगलादी बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णुमाया सुवेदी, संस्थाका सदस्य एवं पत्रकार गणेश पहारी, उपाध्यक्ष पार्वती कोइराला र सञ्चालन सचिव कृष्ण थापा, गन्तव्य अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र तिमिल्सिना लगायतले बोलेका थिए ।

विसं २०६६ मा स्थापना भएको संस्थाको शेयर पूँजी एक करोड ८७ लाख २० हजार छ भने लगानी तीन करोड ९४ लाख २९ हजार ७४५ छ । संस्थाको वार्षिक कारोबार पाँच करोड ५० लाख छ । संस्थामा ३७१ शेयर सदस्य छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->