बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

एमले अधिबेशन :  महानगरमा नेतृत्व चयन शनिबार हुने

एमले अधिबेशन :  महानगरमा नेतृत्व चयन शनिबार हुने


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०७८, बुधबार

पोखरा/ नेकपा एमाले पोखरा महानगर कमिटीको नेतृत्व चयन शनिबार हुने भएको छ । एमालेले देशभरका पालिकास्तर कमिटीको शुक्रबार एकैसाथ अधिवेसन आयोजना गरेको थियो । पोखरा महानगरमा अधिवेशनको उद्घाटन सत्र सकेर नेतृत्व चयन प्रक्रिया शनिबारलाई सारेको हो ।

महानगर अधिवेशनको उद्घाटन सत्र सकेर शुक्रबार नै बन्द सत्र शुरु भएको थियो । बन्द सत्रमा पार्टी कमिटीका अध्यक्ष दीपक पौडेलले पेश गरेको राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित भएको नेता तेजनारायण अधिकारीले जानकारी दिए । बन्द सत्रमा उम्मेदवारका मापदण्ड प्रस्तुत भएपछि मनोनयन दर्ता र सहमति नभए निर्वाचन शनिबार गर्ने गरी स्थगित गरिएको नेता अधिकारीले बताए ।

पोखरा महानगर कमिटीको अध्यक्षका लागि नेता अधिकारी, हालका अध्यक्ष दीपक पौडेल र दिलीप न्यौपाने अध्यक्षका आकाँक्षी छन् । पोखरा महानगरमा एमालेका वडा अध्यक्षसहित वडाका पदाधिकारी र प्रतिनिधि गरी ८ सय बढी प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

यस्तै, कास्कीकै रुपा, मादी र माछापुच्छ«े गाउँपालिकामा भने शनिबार नै अधिवेसन भएका छन् । यी गाउँपालिकाहरुमा पनि अध्यक्षका उम्मेदवार धेरै भएकाले सहमतिका साथ नेतृत्व छान्ने तयारी गरेको एमाले कास्कीका उपाध्यक्ष मनबहादुर गुरुङले बताए ।

कास्कीको रुपा गाउँपालिकामा अध्यक्षका लागि तहबक्स मिया र दामोदर घिमिरे अध्यक्षका आकाँक्षी रहेको एमाले नेतृसमेत रहेकी रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले बताइन् । यस्तै, अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्षका लागि ५ जनाले मनोनयन दर्ता गरेका छन् । उता, माछापुच्छ«े गाउँपालिका कमिटी अध्यक्षका लागि ११ जनाले मनोनयन दर्ता गरेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताइन् ।

मादी गाउँपालिकामा पनि अध्यक्षका लािग ३ जना आकाँक्षी छन् । गाउँपालिका कमिटीका हालका अध्यक्ष बालकृष्ण गुरुङ फेरी अध्यक्षका आकाँक्षी बनेका छन् । यस्तै, हरिबोल गौतम र पुषबहादुर बास्तोला पनि अध्यक्षका उम्मेदवार बनेका छन् । गाउँपालिका उपाध्यक्षमा एकजंग गुरुङ, सचिवमा सुवास सापकोटा र सहसचिव प्रतिक्षा पौडेललाई सर्वसम्मत चयन गर्न सहमति भएको जनाएको छ । यो समाचार तयार पार्दासम्म कास्कीका ४ वटै गाउँपालिकामा सर्वसम्मत नेतृत्व छान्न प्रयास भइरहेको एमाले नेताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->