बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पोखरा महानगरमा एमाले अध्यक्षमा ५ जनाको भिडन्त

पोखरा महानगरमा एमाले अध्यक्षमा ५ जनाको भिडन्त


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०७८, बुधबार

पोखरा – नेकपा एमालेको पोखरा महानगरपालिका कमिटीमा ५ जना अध्यक्षमा भिड्ने भएका छन् । अधिवेशनमा अध्यक्षका लागि भएको उम्मेदरी दर्तामा ५ जनाको मनोयन परेको छ ।
पार्टी नेता एवं महानगरका प्रवक्ता धनबहादुर नेपाली, नेताहरु दिलीप न्यौपाने, तेजनारायण अधिकारी, दीपक पौडेल र हरिप्रसाद त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । मंगलवारदेखि सुरु नगर अधिवेशनमा नेतृत्व चयनको कार्यतालिका छ । उम्मेदवारी दर्ताको कार्यक्रम तथा समय सीमा सकिएको निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा राजकुमारी भुजेल, बैनबहादुर गुरुङ, उमा परियार, मोहन गुरुङ र सुस्मिता केसी भट्टराईको उम्मेदवारी परेको छ । सचिवमा जीवनप्रसाद आचार्य र गोकर्ण अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । नगर कमिटीमा एकजना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव र २ जना उपसचिव हुने हुने पार्टी विधानले ब्यवस्था गरेको छ । उपसचिवका लागि १६ जनाको उम्मेदवारी परेको छ ।
उपसचिवमा दलबहादुर खत्री, हरिमाया गुरुङ, सिमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुन, वीरेन्द्र भण्डारी, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना र सीता विकले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->