बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

एमाले पोखरा महानगरमा दिलिप

एमाले पोखरा महानगरमा दिलिप


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०७८, शुक्रबार

पोखरा/ देशकै ठूलो महानगर पोखरामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । युवा नेता दिलिप न्यौपानेको अध्यक्षतामा महानगर कमिटी निर्वाचित गरेको एमाले कास्कीले जनाएको छ। तीन दिन लगाएर भएपनि एमालेले महानगर कमिटी सर्वसम्मत बनाउन सफल भएको हो ।

महानगर कमिटी अध्यक्षका अन्य ४ जना उम्मेदवारले मनोनयन फिर्ता लिएपछि न्यौपाने सर्वसम्मत भएका थिए । अध्यक्षका लािग तेजनारायण अधिकारी, धनबहादुर नेपाली, हरिप्रसाद त्रिपाठी र दीपक पौडेल उम्मेदवार थिए । उनीहरुलाई प्रदेश कमिटी र अन्य स्थानमा जिम्मेवारी दिने गरी सहमति गरेको अध्यक्ष मण्डलका एक सदस्यले जानकारी दिए ।

अध्यक्षमा सर्वसम्मत बनेका न्यौपाने अनेरास्ववियुका केन्द्रिय सदस्य, तत्कालिन पश्चिमाञ्चल व्युरो प्रमुख, एमाले जिल्ला कमिटीका विद्यार्थी फाँटका इन्चार्ज र पोखरा नगर कमिटीका सचिव भएर काम गरिसकेका छन् । अध्यक्षका आकांक्षी धेरै भएकाले अधिवेशन मंगलबार सुरु भएपनि बिहीबार मात्र अध्यक्षमा न्यौपाने सर्वसम्मत भएका हुन् ।

न्यौपानेलाई अध्यक्ष बनाउन एमाले कास्कीका युवा नेताहरु रश्मी आचार्य, माधव बास्तोला, पुष्पज्वती ढु)गाना, राजिव पाहारी, दिलिप न्यौपाने र जीवन आचार्यले विशेष भूमिका खेलेका थिए । युवा नेता रश्मी आचार्यको पहलकदमीका कारण युवा नेताहरुले एमालेका नेताद्वय केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीलाई विश्वासमा लिएर काम गरेका थिए ।

गण्डकीमा सचिव गुरुङ र केन्द्रीय सदस्य अधिकारीबीच गुटगत प्रवृत्ति रोक्न महानगर कमिटीमा भएको सर्वसम्मत निर्णयले काम गरेको एमाले नेताहरुले दाबी गरेका छन् । दुबै नेताको विश्वास जितेर युवा नेताको टोलीले महानगर कमिटी बनाएको युवा नेता रश्मी आचार्यले बताए । युवा नेताहरुलाई एकजुट बनाउन भूमिका खेलेका आचार्यले भने, ‘पोखरामा अब कुनै पनि विवाद छैन, महानगर कमिटी सर्वसम्मत भएपछि दुबै नेताबीचको असमझदारी समाप्त भएको छ ।’

पूर्वमन्त्री समेत रहेका केन्द्रिय सदस्य अधिकारी पक्षका मानिने न्यौपानेलाई अध्यक्ष बनाउन युवा नेताहरुले सचिव गुरुङलाई विश्वासमा लिएका थिए । गण्डकीका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङले युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने धारणा राखेपछि न्यौपाने सर्वसम्मत भएको एमाले कास्कीका एक नेताले बताए ।

महानगर कमिटीको उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा जीवन आचार्य, उपसचिवमा हरिमाया गुरुङ र रामचन्द्र थापा सर्वसम्मत निर्वाचित भएका छन् । महाननगर कमिटीमा रहने पदाधिकारीसहित १०१ सदस्यीय कमिटी पनि सर्वसम्मत निर्वाचित गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->