पोखरा – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय निजामति ऐन अगाडी बढ्ने बताएका छन । नेपाल राष्ट्रिय कर्मचारी महासंघ गण्डकी प्रदेशस्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै उनले संसदमा अड्किएको संघीय निजामति ऐन अगाडी बढ्ने बताएका हुन् ।
संघीय निजामति ऐन बनाउन लामो समय कसरत भयो, विभिन्न कारणले संसदमा अड्किएको छ, उनले भने, यसबारेमा अस्तिको क्याविनेटमा छलफल भएको छ अब अगाडी बढ्छ ।
पौडेलले पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टी निर्माणमा लाग्नुपर्ने संकल्प गरेकाले फेरि तल्लो तहबाट पार्टीलाई उठाउन आग्रह गरे । पार्टीमा २०६४ सालको कुरा हुूँदैगर्दा हामी कोही पनि ६४ सालको जस्तो नभएको भन्दै हाम्रा व्यवहार परिर्वतन गरि फेरि पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।
द्धन्द्ध्कालमा विस्थापित भएका कर्मचारी र शिक्षकका समस्याका विषयमा अहिलेको सरकारले सम्बोधन गर्नुपर्ने कुरा बताउँदै त्यसको लागि आफूले कुरा उठाइरहेको पौडेलले जानकारी गराए । र्
जनयुद्धमा लागेर विस्थापति भएका कर्मचारी र शिक्षकको पक्षमा सरकारसँग छलफल गरि समाधान गर्ने कुरा भएको छ’ उनले भने । पौडेलले माओवादीले फेरि चुनाव जित्दैन भन्ने प्रतिक्रियावादीले हल्ला चलाएको भन्दै अबको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने दावी गरे । माओवादीले अब चुनाव जित्दैन भन्नेहरु छन्, हामी संगठन निर्माणमा संकल्पमा गरेका छौ फेरि ०६४ साल जस्तै पहिलो बन्र्र्छौं उनले भने ।
जनतको पक्षका लागि आन्दोलनमा गएको शक्ति माओवादीमात्र भएको बताउँदै देश अप्ठ्यारोमा पर्दा माओवादी नै निर्णायक हुने बताए । माओवादीमा समाजवादी आन्दोलनको संकल्प भएको बताउँदै अब बामपन्थी एकता हुँदै जाने उनको भनाइ छ ।
माओवादी केन्द्र गण्डकी प्रदेशकी सहइन्चार्ज यशोधा सुवेदीले सघीय निजामति ऐन बनाएपनि संसदमा अड्किएकाले अब चाँडै अध्यादेशमार्फत आउने बताईन । उनले पार्टी मुलधारको राजनीतिमा रहेको भन्दै संघर्षको कार्यभार अझै पूरा नभएको बताइन । एमसीसीको विषय पार्टी भित्र गम्भीर छलफल भइरहेको बताउँदै कर्मचारीको भूमिका सुनिश्चिता हुनुपर्नेमा उनको जोड थियो ।





