बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पत्रकार अथक पुरस्कृत

पत्रकार अथक पुरस्कृत


  • ढोरपाटन संबाददाता
  • कार्तिक १४ २०७८, आइतबार

पोखरा /पोखराका क्रियाशील पत्रकार कमल पौडेल अथक मित्र मिलन पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत भएका छन् । पोखरा, नयाँ बजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभा समापनको अवसरमा शनिवार पत्रकार अथकलाई पुरस्कृत गरिएको हो ।

राष्ट्रिय सहकारी बैंक पोखराका प्रमुख नरेश पाण्डे र संस्थाका अध्यक्ष रमन पौडेलले नगद रु २५ हजार, सम्मान पत्र, दोसल्ला र फूल मालाले अथकलाई पुरस्कृत गरेका हुन् ।
सम्मानित पत्रकार अथक दुई दशकदेखि पोखरामा पत्रकारिता गर्दै आएका छन् । नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य समेत हुन् ।

आफू पुरस्कृत भएपछि वोल्दै पत्रकार अथकले पुरस्कारले पत्रकारिताको क्षेत्रमा हौसला थपेको बताए । उनले पत्रकारीताको धर्म नभुली पत्रकारिता गर्नको लागि यो पुरस्कारले ऊर्जा थपेको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखराका प्रमुख नरेश पाण्डेले सहकारीहरुले वित्तिय साक्षरतालाई जोड दिनु पर्ने बताए । उनले सदस्य र ग्राहकमैत्री कारोबार छुट्याएर काम गर्न आग्रह गरे । उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपीलनाथ कोइरालाले सहकारी संस्थाले सामाजिक अगुवा एवं विशुद्ध श्रमजीवी पत्रकारलाई पुरस्कृत गरेकोमा गर्व लागेको वताए ।
सो अवसरमा सस्थाले उत्कृष्ट शेयर सदस्य तर्फ राजकुमार श्रेष्ठ, विष्णुमाया वराल, टंकप्रसाद खनाल, कृष्णराज अधिकारी सम्मानित भएका छन् ।

त्यसैगरी उत्कृष्ट वचतकर्ताको रुपमा सीता अधिकारी र राम वराल, लक्ष्मण वराल सम्मानित भएका छन् । उत्कृष्ट कर्जा सदस्यबाट देवेन्द्र वराल र केशवकुमार वस्नेत सम्मानित भएका छन् । त्यसैगरी सक्रीय सदस्य तर्फ माया अधिकारी सम्मानित भएकी छन् । उत्कृष्ट कर्मचारी तर्फ अमृता मरासिनी र कसेरी सेवा केन्द्रका सुमित्रा वराल सम्मानित भएका छन् ।

संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष भरत भट्टराई, आइसी एफसी फाइनान्सका गण्डकी प्रदेश प्रमुख अनुप केसी, नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल, सल्लाहकार संयोजक दीपकवहादुर अधिकारी, सल्लाहकार डण्डपाणि वराल, भोलानाथ अधिकारी, शेयर सदस्य सूर्यराज भण्डारी, सुमन पहारी, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, उपाध्यक्ष विजय लम्साल र सचिव कुशल पौडेल लगायतले वोलेका थिए ।

हाल पोखराको नयाँ वजारमा प्रधान कार्यालय र कसेरीमा सेवा कार्यालय सञ्चालन गर्दैै आएको संस्थाले करीब ४० करोड बरावरको कारोबार गर्दै आएको छ । संस्थाले निकट भविश्यमा नै सेवा केन्द्र विस्तार गर्ने नीति लिएको अध्यक्ष रमण पौडेलले जानकारी दिएका छन् । संस्थाका हाल ११ सय शेयर सदस्य रहेको उनले प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->