पोखरा/ राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक अनावरण गरिने भएको छ । पोखरा महानगरपालिका ३ नदिपुरस्थितवीरेन्द्र पार्कका निर्माण गरिएको नेपाल संवतका प्रर्वतक साख्वाको सालिक नेपाल संवत ११४२ को अबसरमा कात्तिक १९ गते अनावरण गरिने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
साढे पाँच लाखको लागतमा निर्माण गरिएको सालिकको पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अनावरण गर्ने पार्क निर्माण समितिका अध्यक्ष वसन्त कतिलाले जानकारी दिए । सो अवसरमा संस्थाले प्रकाशन गरेको स्मारिका समेत विमोचन गरिने छ ।
पवित्र धार्मिक स्थल नारायण स्थान संगै रहेको पार्कलाईपनि धार्मिकसंगै पर्यटकिय स्थलको रुपमा विकाश गर्न शालिक स्थापना गरिएको अध्यक्ष कतिलाले जानकारी दिए । करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको पार्कलाई ठोस गुरुयोजना बनाएर अझ व्यबस्थित बनाउने समितिको योजना रहेको उनले बताए ।
राजा राघवदेवको पालामा साख्वाले गरिबहरुको ऋण मोचन गरि दासत्वबाट मुक्ति दिलाएको अवसरमा राजाबाट नेपाल संवत चलाइएको रहेको धारणा छ । साख्वालाई सरकारले २०५६ साल मसिंर ३ मा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।





