पोखरा/ नेपाली कांग्रेस पोखरा महानगरपालिकामा निर्वाचित ११ जना वडाध्यक्षले कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक हुँदा फेरबदल हुने गरेको आरोप लगाएका छन् ।
वडाध्यक्षहरुको तर्फबाट दलको नेता तथा सचेतकपोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाएका हुन् ।विज्ञप्तिमा कार्यपालिकाको ५२ औं बैठकमा आफूहरु उपस्थित भएपनि हस्ताक्षर नगरेको र सो बैठकसँगै यसअघिका बैठकमा भएका निर्णयहरु पनि फेरबदल भएर आएको आरोप लगाइएको छ ।विज्ञप्तिमा बैंठकबाट निर्णय भई बनेका समितिहरुमा पनि आफूहरुको संलग्नता नरहेको स्पष्ट पारिएको छ ।





