बेनी/ बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीमा अशक्त महिलालाई धम्क्याएर जबर्जजस्ती करणीको प्रयास गर्ने एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरबाट करिब एक किलोमिटर भाँक्री थानमा घाँस काट्न गएकी सुस्त मनस्थितिकी ५२ बर्षिया बृद्धालाई आइतबार करिब २ बजे स्थानीय एक ४२ बर्षिय पुरुषले जबजस्ती करणीको प्रयास गरेका थिए । विद्युत मर्मत सम्बन्धि काम गर्ने पुरुषले बृद्धाको गोप्य अंगसहित शरीरको बिभिन्न भागमा छुने, दुवै हात समातेर मुख थुन्ने प्रयास गरेपछि दाउराले हिर्काएर भागेकी थिईन् ।
बृद्धाको शरीरमा चोट समेत लागेको छ । भागेर रुँदै करिब डेढसय मिटर नजिकै रहेको बहिनीको घरमा आएर खवर गरेपछि घटना सार्वजनिक भएको थियो ।
घटना लगत्तै भागेर बेनीतर्फ आएका आरोपीलाई प्रहरी र स्थानीयले बेनपा–२ हाँडेभिर नजिकैबाट नियन्त्रणमा लिएका थिए । ‘करणीको प्रयासलाई महिलाले प्रतिबाद गरिन्, असफल प्रयास पछि भागे’ पीडितको भनाई उद्धित गदैं एक स्थानीयले भने । उनका अनुसार करिब पाँच बर्ष अगाडी पनि एक महिलालाई जवरजस्तीको प्रयास गरेको घटनालाई महिलालाई क्षतीपूर्ती दिएर गाउँमै मिलाइएको थियो ।
गाउँमा अपाङ्ग र एकल महिलालाई मौका छोपेर आपत्तीजनक ब्यवहार गर्ने गरेको स्थानीयको भनाई छ । पीडित महिलाले सोमबार जिल्ला प्रहरी कार्यालयमा किटानी जायरी दर्ता गरेकी छन् । पक्राउ परेका आरोपीमाथि स्वास्थ्य परीक्षणपछि जबरजस्तीकरणी अन्तरगत मुद्दा चलाउने तयारी गरिएको प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङले बताए । थप अनुसन्धान भइरहेको उनले बताए ।





