शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

जनगणनामा यथार्थ विवरण आओस्

जनगणनामा यथार्थ विवरण आओस्


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०७८, बुधबार

बागलुङ/नेपाल आदिवासी जनजाती महासंघले राष्ट्रिय जनगणनामा कोही नछुटुन भन्ने अभियानमा सहभागी हुन सबैलाई आब्हान गरेको छ । महासंघले पत्रकार सम्मेलन गरेर जनजातीहरुले आफ्नो जात, वर्ग र धर्म र भाषा नछुटाइ लेखाउन आग्रह समेत गरेको हो ।

१२ औंं राष्ट्रिय जनगणना बिहिबारदेखि शुरु हुन लागेको छ । पहिलो जनगणनादेखि लामो समयसम्म भाषाभाषीको गणना नभएको भन्दै केही समयदेखि मात्रै देखिन थालेका भाषाभाषीको संरक्षणका लागि पनि आदिवासी जनजातीले बढी सचेत बन्नुपर्ने महासंघको बागलुङ अध्यक्ष बोमबहादुर गुरुङले बताए ।

जनगणनामा मनोमानी ढंगले तथ्यांक संकलन गर्दा जनजातीको संख्या कम देखिने, बोलिने भाषा पनि गणना नहुने जस्तो समस्या भएकोले यो पटक सबैलाई सचेत बनाएर जे हो त्यही लेख्न आग्रह गरेको उनले बताए । साथै गणकलाई पनि सही सूचना संकलन गर्न सुझाव दिए । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गुरुङले धर्म फेरिएपनि जाती फेरिंदैन भन्दै भाषाभाषीको संरक्षणमा राज्य अनुदार भएको टिप्प्पणी समेत गरे ।

गुरुङको अध्यक्षता, आदिवासी जनजाती पत्रकार महासंघका पूर्वअध्यक्ष संगम घर्तीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष गणेश थापामगर र जनजाती युवा संघका केन्द्रीय सदस्य मनिष थापा मगर र नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिरले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->